Erani Mahal
निर्धन उत्थान छहरा शाखाको केन्द्र प्रमूख गोष्ठी सम्पन्न
58375290_1210319215802369_1121319216847257600_n
भुवन रायमाझी पाल्पा, ७ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिकालाई केन्द्र मानेर स्थापना भएको निर्धन उत्थान लघुवित्त संस्था ले शनिबार केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । संस्थामा आबद्ध भएका समूहहरूमा हुने गरेका कमीकमजोरीलाई न्युनीकरण गरी दीगो विकासमा समूह व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रत्येक वर्ष संस्थामा आबद्ध भएका समूहका प्रमूखहरूको उपस्थितिमा गोष्ठी गरिएको हो । ग्रामीण भेगमा रहेका गरिव तथा विपन्न दलित जनजाति र पिछडिएको समुदायको आर्थिक अबस्थामा सुधार ल्याउने र बैङकको पहँुचमा नभएका स्थानमा आफ्नो लक्षित वर्ग बनाएर बिनाधितो सामूहिक जमानीमा कर्जा वितरण संस्थाले गर्दै आएको छ । कर्ता लगानीबाट समूहका सदस्यहरूको आर्यआर्जनमा टेवा पुगेको बताइन्छ । केन्द्र प्रमूखहरूको कार्यशाला गोष्ठीको आयोजना गरेर समूहमा आबद्ध सदस्य जमिला मियाको श्रीमान्को मृत्यु भएपछि बिमा रकम बापतको १२ हजार ६ सय ५० र विद्यालयमा उत्कृष्ट नजिता ल्याउने समहका छोराछोरी मध्ये मिलन पोखरेललाई ३ हजार ५ सय नगद र प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका प्रबक्ता बिष्णु पोखरेल, निर्धन उत्थान क्षेत्रीय कार्यालय भैरहवाका कार्यक्रम प्रमूख पूर्णबहादुर खड्का, आर्यभन्ज्याङ् शाखाका कृष्णकान्त अधिकारी, छहरा शाखाका ज्ञान बहादुर दर्लामी, समाजसेवी देवीप्रसाद पौडेललगायतका अतिथिहरूले छोटो समयमा नै गाँउघरका महिलाहरूले गरेको प्रगतिप्रति प्रशंसा गर्नुभयो । टिका थामीको अध्यक्षता रहेको कार्यक्रममा दामोदर गैरेले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update