Erani Mahal
बुटवलकाे 'जीतगढी' किल्लामा विजय उत्सव मनाउने तयारी
jitgadhi-3-1
रानीमहल बुटवल, ६ बैशाख । २ सय वर्षअघि तत्कालिन अंग्रेजलाई पराजित गरेको सम्झनामा बुटवल उपमहानगरपालिकाले भोली बैशाख ७ गते जीतगढीमा 'विजय उत्सव' मनाउनका लागि तयारी अन्तिम चरणमा पुर्याएकाे छ । २०४ वर्षअघि विसं १८७१ र ७२ बैशाख ७ गते कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेज सेनालाई पराजित गरेको दिन हो । सोही दिनलाई विजय उत्सव दिवसका रुपमा गत वर्षदेखि बुटवलले भव्य रुपमा मनाउन लागेको हो । यस पटक भोली दोश्रो बिजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभएकाे छ । शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । बिजयोत्सव समारोहमा प्रधानमन्त्री ओली सहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल, कांग्रेस महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेता बुटवल आउनुहुने कार्यक्रम रहेको प्रमुख सुवेदीले बताउनुभयाे । बिजयोत्सवलाई भब्य बनाउन जीतगढीमा बिशेष तयारी गरीएको र त्यसमा नेपाली सेनासहितका सुरक्षाकर्मीले सहकार्य गरिरहेको छ । दिवसका अवसरमा तत्कालिन युद्धको प्रर्हशन गर्ने तयारीसमेत भइरहेको छ । मञ्च निर्माण, स्वागतद्वार निर्माण सरसफाईलगायतका काम भइरहेका छन् । सम्पदा स्थलको सुरक्षा र दिवस तयारीमा नगरपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु,प्राविधिक हरु र सुरक्षाकर्मीले दिवसको तयारी गरिरहेका छन् । भोली बैशाख ७ गते बिहान ८ बजे नै उपमहानगरपालिका बाट विजय र्याली निकाल्ने र बिहान १० बजे नै किल्ला परिसरमा पुग्नेगरी समय तालिका तय भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update