Erani Mahal
बाग्लुङ्मा जीप दुर्घटना हुँदा १३ जना घाइते
jeep-crash
रानीमहल गुल्मी, ६ बैशाख । बाग्लुङ्काे मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ग १ ज ७०७२ नं. को जिप निसिखोला गाउँपालिका वडा नं. ४ झिवाखोलाबाट वुटवल जाने क्रममा दुर्घटनामा परेकाे हाे । जिपमा सवार निसिखोला घर भइ हाल वुटवल वस्ने वर्ष २५ का उषा साही, निसिखोला वडा नं. ४ का वर्ष २९ का सोभा चन्द र सोही स्थानमा वस्ने ६३ वर्षिय चन्द्रलाल शर्माको अवस्था गम्भीर घाइते हुनुभएकाे छ । यस्तै वुटवल ११ का २६ वर्षिय गीता चन्दथापा, सोहि स्थानका ३ वर्षिय सदिक्षा थापा, निसिखोला ४ का ९ वर्षिय निसा चन्द, सोहि स्थानका १२ वर्षिय सक्षम रेग्मी, ३५ वर्षिय पुरन बुढा मगर गम्भीर घाइते हुनुभएकाे छ । यस्तै १८ वर्षिय इश्वरी प्रसाद पौडेल, ५ वर्षिय तेज कुमारी रेग्मी, निसिखोला गाउँपालिकाका वडा नं. ३ का १८ वर्षिय निरज साहि र चालक बडिगाड गाउँपालिका वडा नं. १ का रिम थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको खर्वाङमा प्राथमिक उपचार पछि वुटवल पठाइएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक मन वहादुर कार्किले बताउनुभयाे । बुर्तिवाङ यातायात प्रालिद्धारा सञ्चालीत सो फोर्स जिप सडक छेउँको विद्युत पोलमा ठोक्किएर थियो । चालक निदाएको कारण दुर्घटना भएको यात्रुहरुले दावी गरेका छन् । घटनाको अनुसन्धान भइरहेको ट्राफिक हवल्दार तिलकराम विकले जानकारी दिनुभएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update