Erani Mahal
कालीगण्डकीमा र्‍याफि्टङ सुरू
DSC06528
रानीमहल पाल्पा, ६ बैशाख । पर्यटन वर्ष ट्वान्टी-ट्वान्टीलाई लक्षित गर्दै कालीगण्डकीको मालुङ्गाघाट देखि पुट्टारघाटसम्म दुई दिने जलयात्रा सुरू भएकाे छ । कालीगण्डकी नदीको तल्लो क्षेत्रका स्थानीय तहहरुको आयोजना र समन्वयमा र्‍याफि्टङको आयोजना भएको हो । नदीमा नियमित र्‍याफि्टङ गराउन प्रक्रिया अघि बढाइएको बेला क्याम्प सहित पहिलो पटक सहित २ दिने र्‍याफि्टङ हुन लागेको हो । चिनियाँ ग्रुप सहित झण्डै १ सय५० जना सहभागी हुने र्‍याफि्टङ पहिलो दिन शुक्रबार पाल्पाको राम्दी मालुङ्गा देखि भुजात सिद्धबाबा सम्म र शनिवार भुजात सिद्धबाबा देखि पुट्टारघाट सम्म जलयात्रा हुनेछ । यस क्षेत्रमा र्‍याफि्टङको प्रबर्द्धन गर्न नेपाल पर्यटन बोर्डले सघाएको छ । प्रदेश नम्बर ५ को पाल्पा र गण्डकी प्रदेशका स्याङ्जा, तनहु, नवलपुर, कास्की सहितका जिल्लाका स्थानिय तह यो अभियानमा छन् । [caption id="attachment_1715" align="alignnone" width="1541"] फाइल तस्विर । [/caption] पाल्पाको रामपुर नगरपालिकाको आयोजना रम्भा गाउँपालिका, स्याङ्गजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सह- आयोजनामा जलयात्रा संचालन हुन लागेको हो । यहाँका स्थानिय तहको समन्वयमा कर्णाली र्‍याफि्टङ एण्ड एड्भान्चरले यस अघि र्‍याफि्टङको परिक्षण गरेको थियो । परिक्षण सफल भएपछि सस्था दर्तालाई पनि अगाडि बढाएको बेला कालीगण्डकी नदीमा र्‍याफि्टङको प्रचुर सम्भावनाले पुनःर्‍याफि्टङको आयोजना गरिएको हाे । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य अनुरुप लुम्बिनी-पोखराको बिचमा यो क्षेत्र पर्ने भएकोले ओहोरदोहोर गर्ने पर्यटकलाई कालीगण्डकी उपत्यकामा बिट्याउन र्‍याफि्टङको आयोजना गरिएको कालीगण्डकी उपत्यका बिकासका अभियान्ता शान्त बहादुर श्रेष्ठले बताउनुभयो । कालीगण्डकीको बिकासमा अब पर्यटनलाई ध्यान दिनु जरुरी छ श्रेष्ठले भन्नुभयो- लाखौ पर्यटकलाई भिट्याउन सके यहाको बिकास द्रुत गतिमा हुनेछ । राम्दीको मालुङ्गाधाम देखि भुजात सिद्धबाबा सम्म निकालिने जलयात्रामा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्गबाट उद्घाटन गर्दै हुनुहुन्छ। सोही दिन अपरान्ह भुजात सिद्धबाबामा रामपुर नगरपालिकाले पहिलो दिन भव्य स्वागत गर्नेछ । पहिलो दिन सिद्धबाबाको खुला चौरमा साझ क्याम्प फाएर गरेर बस्ने तयारी गरिएको छ । पहिलो दिनको उद्घाटन तथा स्वागत कार्यक्रम रम्भा गाउँपालिकाले गरेकाे छ भने समापन कार्यक्रम रामपुर नगरपालिकाको सहयोगमा हुनेछ । दोस्रो दिन शनिवार भुजात सिद्धबाबा देखि पुट्टारघाटसम्म हुने जलयात्रामा मणिमुकुन्देश्वर उत्तरबाहिनी क्षेत्रमा चापाकोट नगरपालिकाको आयोजनामा स्वागत तथा उद्घाटन कार्यक्रम र पुट्टारघाटमा घिरिङ् गाउँपालिकाको आयोजनामा समापन गर्ने कार्यक्रम तय भएको कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताउनुभयो । कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने, नियमित जलयात्रा गरी रोजगारीबाट आयआर्जन बढाउन, विश्वभर यस कालीगण्डकीलाई चिनाउन, नदी र जीवनको महत्व जोडिने भएको हुदा यसको उपयोग गरी आम्दानी गर्ने बाटो सिर्जना गर्न जलयात्रा गर्न लागेको उहाँले बताउनुभयो । जलयात्राका लागि करिव पन्ध्र लाख जति रकम खर्च हुने अनुमान गरिएको छ । यस कालीगण्डकीलाई पारिवारिक तथा धार्मिक पर्यटनको लागि जलयात्रा अति उत्तम मानिन्छ । कर्णाली प्रदेशमा भएको तेस्रो नदी शिखर सम्मेलनले पनि अबको दुई वर्ष भित्रमा कालीगण्डकीमा चौथो नदी महोत्सव आयोजना गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । शालिग्राम पाइने नदीका नामले समेत प्रख्यात यस नदीमा नियमित जलयात्रा गरेर आम्दानीको स्रोत प्रशस्त लिन सकिने सम्भावना छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update