X

खानेपानी याेजनाकाे अनुगमनमा सांसद पाण्डेय र घर्तीमगर

अमृत अधिकारी || ६ बैशाख २०७६,शुक्रबार ०७:२२

भुवन रायमाझी पाल्पा, ६ बैशाख । पूर्वमन्त्री तथा केन्द्रीय सांसद सोम प्रसाद पान्डेले विकास निर्माणमा काम गर्न सके बजेट अभाव नहुने बताउनुभएकाे छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको-४, अमलाबासमा निर्माणाधीन अबस्थामा रहेको उर्लेनि तिलकथान लिफ्ट खानेपानीको टंकीको अवलोकन गदै उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।

केन्द्र सरकार र प्रदेश सरकारको पहलमा निर्माणाधीन अवस्थामा रहेकाे खानेपानी टंकीको अबलोकनमा आएका प्रदेश सांसद तुलाराम घर्तीमगर बसन्तले जनताको दुख नै आफ्नो दुख भएको बताउदै खाने पानीको बिकाराल समस्या भोगाका रैनादेवी छहरा ४ भित्रका अमलाबास, धजाबान्ने ,सिमल खरिया, बाख्रे,भास्रेचौर बाउनटोल मगाल ओखरपाटा लगायतका स्थानीयहरुले सहज रुपमा खाने पानी पाउन सक्ने पानीकै लागी समय खर्चन नपर्ने बताउनुभयाे ।

अबलोकन कार्यक्रममा नेकापाका नेता रामबहादुर राउत, उपभोक्ता समितिका पदाधीकारीहरुको उपस्थिति रहेको थियो । सय घनमिटिर क्षमता रहेको निर्माणाधिन खानेपानी टंकीबाट तिलक थानसम्म करिव २ किलो मिटर दुरी मोटरबाट लिफ्ट सिस्टमले तानेर अन्य गाउँमा खानेपानी बितरण हुनेछ ।

काम पूरा भएका दिनदेखि करिव ४ सय घर धुरी यो खाने पानीको सेवा लिने छन् । दुबै नेताहरु बिहीबार गाउँपालिकाको मुझुङ रहेका पार्टी कार्यकर्तालाई पार्टीको सिद्धान्त नीति अनुसार काम गर्न आग्रह गदै वडा तथा टोल कमिटी गठन सहित सफत ग्रहण कार्यक्रम समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys