Erani Mahal
जापानी नागरिक ओकेबाजेकाे पाेशाक सहयाेग
57154687_934076396983911_3201131944247033856_n
रानीमहल पाल्पा, ६ बैशाख । पूर्वखोला गाउँपालिका-३, स्थित जनउज्ज्वल आधारभुत बिद्यालय अर्खलडाँडामा विद्यार्थीलाइ पाेशाक सहयाेग गरिएकाे छ । नयाँ भर्ना भएका विद्यार्थीलाइ जापानी नागरिक ओकेबाजेको सहकार्य मसाहिरो क्युरोको सहयोगमा ६० हजार बरावरको पाेशाक सहयाेग गरिएकाे हाे । पाेशाक हस्तान्तरण कार्यक्रममा बिद्यालय ब्यव्स्थापन समितिका अध्यक्ष प्रेम नारायण पंगेनीले शैक्षिक कार्यक्रम नयाँ जोस र जाँगर सहित शैक्षिक गुरस्तर गर्न क्रियाशल हुने बताउनुभयाे । कार्यक्रममा बिद्यालयका प्रधानाध्पक केशवराज पंगेनीले शैक्षिक गुणस्तर बृद्धि गर्न आफूले पहल गर्ने जापानी नागरिकहरुलाइ धन्यवाद दिनु भयाे । कार्यक्रममा २०७५ सालको वार्षिक परिक्षामा सफल हुने विद्यार्थीहरुलाइ पुरस्कार बितरण कार्यक्रम समेत भएको थियाे । कार्यक्रमकाे संचालन बिद्यालयका शिक्षक डिल्ली राज पंगेनीले गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update