Erani Mahal
रानीमहल पाल्पा, ५ बैशाख । जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन नगरपालिका ९ मदनपोखराबाट विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेतालाई पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य अन्दाजी ६० वर्ष का टोपलाल बस्याललाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । बस्याल पार्टीको जिल्ला कमिटि सदस्य एवम् अखिल नेपाल किसान महासंघ पाल्पाका अध्यक्ष समेत रहेको र प्रतिवन्धित पार्टीका सबै सदस्यलाई पक्राउ गर्ने केन्द्रीय नीति अनुसार नै उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको जनाएको छ । यस अघि पाल्पा प्रहरीले अखिल नेपाल शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढालाई पनि पक्राउ गरेको थियो । बुढालाई १० दिनको म्याद थपेर अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update