Erani Mahal
पाल्पाकाे  रिब्दीकोट गाउँपालिकामा बम विष्फाेट ( तस्वीर सहित)
58384595_364106177534319_4968447683028058112_n
रानीमहल पाल्पा, ५ बैशाख । जिल्लाकाे रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहीवार विहान वम विष्फोट भएको छ । कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताउनुभयाे । उहाँका अनुसार विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्। बिहीबार बिहान साढे एक बजेतिर भएको विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन्। यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयाे । गाउँपालिका नजिकै बम विस्फाेट भएपछि स्थानीय समेत अहिले त्रसित रहेका छन् । गाउँपालिकाकाे भवन र काेठामा रहेका उपकरणमा समेत विस्पफाेटले क्षति पुगेकाे छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update