Erani Mahal
पूर्वखोलाका घर्ती परिवारलाई विमा रकम हस्तान्तरण
56664741_340514739926766_3133583056552591360_n
रानीमहल पाल्पा, ६ बैशाख । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाले पूर्वखोला गाउँपालिका ६ का गिरमान सिंह घर्तीको परिवारलाई पाँच लाखको विमा रकम हस्तान्तरण गरेको छ । घर्तीले तीन वर्ष अघि आफ्नो छोरी उमा घर्तीको नाममा प्रस्तावक बसी ५ लाखको बाल अमृत जीवन विमा गरेकोमा दुई महिना अघि जण्डिसले घर्तीको मृत्यूभए पछि उक्त रकम उहाँका परिवारलाई हस्तान्तरण गरिएको छ । २० वर्षको विमा गरेका घर्तीले बाँकी १७ वर्षको किस्ता तिर्न नपर्ने, समय अवधि अगाडि दुई किस्ता गरेर ५० प्रतिशत र सकिएपछि ५० प्रतिशत र पूर्ण अवधिको बोनस रकम भुक्तानी दिइने पाल्पा शाखा प्रमुख उमापति गैरेले जानकारी दिनुभयो । उहाँले विमाले जीवन रहदाँ र जीवन पर्यत्न समेत लाभ लिन सकिने भएकाले सबै नागरिकलाई विमा आवश्यक रहेको बताउनुभयो । कार्यक्रम प्रमुख विजनेश म्यानेजर हरी बाह्रघरेको संचालनमा भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update