Erani Mahal
बल्ढेङ्गढीका बृद्ध पाेखरेलकाे घरमा टिनकाे छाना लगाउने रहर पूरा
DSC_7627
भुवन रायमाझी पाल्पा, ४ बैशाख । रैनादेवी छहरा–७, बल्डेङगढी सुकदमार गाउँका ७१ वर्ष उमेर पुगेका मेघनाथ पोखरेल सिमसिमे पानीमा भिज्दै वडा कार्यालयमा गाउँपालिकाबाट बितरण गरेको टिनका पाता लिन आउनुं भएको थियो । जीवनभर टिनको छाना मुनी बसेर जीवन बिताउने रहर पहिला देखिकै रहर भएतापनि घरको र्आिर्थक समस्याले टिनको छाना मुनी बस्ने रहर अधुरो बन्यो तर अहिले गाउँपालिकाको आर्थिक सहयोगमा टिन पाएपछि उहाँको जिन्दगीभरिको रहर पूरा भएको छ । घरमा टिनको छानो लगाउने वर्षौदेखिको रहर पूरा भएकोमा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । रैनादेवी छहरा गाउँपालिकाबाट २०७५/०७६ मा बिनियोजित रकमबाट गाउँपालिका भित्र रहेका घरका छाना बिस्तापित कार्यक्रमले ग्रामीण भेगका जनतालाई राहत मिलेको छ । टिनको छानो पाउने खबर पाएसंगेै खुसी हुँदै बल्डेङगढीकै चन्द्र बहादुर रायमाझी पनि गाउँपालिकामा आउनुभयो । खरको छानोले घर चुहिने समस्या थियो, हुरी बतासले बिगार्ने समस्या पनि थियो अब टिनको छाना लाएपछि यो समस्या हटेर जाने भयो रायमाझीले खुसी हुँदै भन्नुभयो । गाउँपालिकाभरि नौ सय घरमा रहेका खरका छाना हटाएर टिन लगाउने र खरका छाना मुक्त गाउँपालिका बनाउने उद्देश्य राखेर पालिकाभित्र रहेका दलित जनजाति आर्थिक अबस्था कमजोर भएकालाई गाउँपालिकाले टिनको छानो प्रदान गरेको छ । गाउँपालिकालाई नै खरको छानामुक्त बनाउने अभियानका साथ अगाडि बढेको बताउँदै गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले अर्को वर्ष सबै घरमा टिनको छाना लाउने काम सकिने बताउनुभयो । रैनादेवी छहरा गाउँपालिका भित्रका सिद्धेश्वर, जुठापौवा, सत्यवती र बल्डेङगढी लगायतका वडामा असार मसान्तसम्म खरका छानामा टिन लगाउने कार्यलाई तीब्रता दिएको उहाँले बताउनुभयो । बल्डेगढी वडाका १२ जनालाई बुधबार टिन बितरण गरिएको छ । वडा अध्यक्ष देवेन्द्र पुनको अध्यक्षतामा विभिन्न टोलबाट आएका स्थानीय बासिन्दालाई टिन बितरण गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update