X

गुल्मीकाे बढीघाट खाेलामा ¥याफ्टिङ् सेवा सुरू

अमृत अधिकारी || ४ बैशाख २०७६,बुधबार ०८:०७

गुल्मी, ४ बैशाख । गुल्मीको बढीगाड खोलामा व्यावसायिक रुपमा जलयात्रा(¥याफटिङ) सेवा सुरू भएकाे छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मुसिकोट नगरपालिका र बढीगाड गाउँपालिकाकाे सहयाेग र झक्कले एग्रो रिसोर्ट प्रालि मुसिकोट–७ को आयोजनामा बढीगाढखोलामा व्यावसायिक रूपमा ¥याफटिङ सञ्चालन भएकाे हो ।

र्याफटिङको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बढीगाढखोलामा सञ्चालन भएको ¥याफटिङले बढीगाड क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयाे ।

वागलुङ जिल्लाको ढोरपाटन पछिल्लो समय पर्यटकको मुख्य केन्द्र बनेको बताउँदै मन्त्री विष्टले त्यहाँ आउने पर्यटकका लागि यो क्षेत्र मुख्य गन्तव्यको रुपमा रहने बताउनुभयाे ।

मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले नगरपालिकासँगै यस क्षेत्रमा पर्यटक भित्र्याउने मुख्य उद्देश्यका साथ नै ¥याफटिङ सेवालाई संयुक्तरूपमा सञ्चालन गरिएको बताउनुभयाे ।

मङ्गलबारबाट विधिवत् र व्यावसायिक रूपमा शुरु गरिएको व्यावसायिक ¥याफटिङ सेवाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो परिवर्तन आउने स्थानीयवासी अर्जुन सापकोटाले जानकारी दिनुभयाे । बढीगाडमा ¥याफटिङ सञ्चालनका लागि त्रिशूली नदीका ¥याफटिङ व्यवसायी मानध्यव गुरुङसहितको टोलीले सेवा प्रवाह गर्ने भएको छ । उक्त सेवा प्रवाह गरेवापत प्रतिव्यक्ति रु ८५० शुल्क तोकिएको झक्कले रिसोर्टका व्यवस्थापक अनिश गैरेले बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys