Erani Mahal
बाँसटारीकाे खुल्ला पुरुष भलिबल प्रतियाेगितामा मणिमुकुन्द विजयी
56852797_1247309858756727_5355569208723767296_n
दिल बहादुर गाहा पाल्पा २ बैशाख । जिल्लाको तानसेन नगरपालिका वडा न ७ बाँसटारीमा सञ्चालन भएको व‌शगाेपाल कृषि,पर्यटन तथा साँस्कृतिक मेला २०७५ मा यहि चैत २७ गतेदेखि शुरु भएकाे जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियाेगिता अाइतबार सम्पन्न भएकाे छ । क्लबका अध्यक्ष प्रदिप खनालकाे अध्यक्ष्ातामा भएको समापन समारोह मा ता न पा वडा न ७ का वडाध्यक्ष मुक्ति राम जि सि काे प्रमुख अतिथ्यता रहेको थियो । कुल ९ टिम सहभागी रहेकाे उक्त प्रतियाेगितामा फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लव राताे बुटवलले गाेरख दल गण पाल्पा लाई २५-१४, २५-१४, २५-१७ काे साेझाे सेटमा हराउँदै प्रथम, गाेरख दल गण पाल्पा दाेस्राे, अायाेजक बशगाेपाल युवा क्लव तेस्रो र मणिमुकुन्द भलिवल क्लव सेताे सानत्वना स्थान हासिल गरेको छ। प्रतियाेगितामा प्रथम,दाेस्राे,तेस्रो र सानत्वना हुने टिमलाई करमस १ लाख, ५० हजार ,२५ हजार र १५ हजार नगद, प्रमाणपत्र, मेडल तथा ट्रफि प्रमुख अतिथि ता न पा ७ का वडा अध्यक्ष मुक्त राम जिसीले प्रदान गर्नुभएको थियो । कार्यक्रम सफल पार्न पुरस्कारकाे शाैजन्य भैरव गुरुप बुटवलले प्रथम, श्री कृष्ण पेपर प्राेडक्ट ललितपुर ले दाेस्राे, श्रेष्ठ निर्माण सेवा प्रवासले तेस्रो र हाेटल च्वाइस र पिसपल रेष्टुरेन्ट ले सानत्वना पुरस्कार साैजन्य गरेकोे थिए। कार्यक्रममा निणार्यक मण्डल , पुरस्कार शाैजन्य गर्ने सस्था र खेल सञ्चालन मा सहयोग गर्ने व्याक्तिहरु लाई सम्मान गरिएको थियोे । कार्यक्रमको सञ्चालन खेल सयाेजक केशब बस्यालले गर्नुभएकाे थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update