Erani Mahal
विकास गति ६ प्रतिशतले बढ्यो : मुख्यमन्त्री पोखरेल
56848105_792585074453829_6533149640995373056_n
रानीमहल पाल्पा, १ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले संक्रमणकालिन अवस्थामा समेत देशमा विकास गति ४ बाट बढेर ६ प्रतिशतको भएको बताउनुभएको छ । आइतवार पाल्पाको तानसेनमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो । उहाँले भुकम्प, निर्वाचन, संघीयता कार्यान्वयन, ऐन निर्माण लगायतका संक्रमण बीचमा पनि देशको विकासले नयाँ गति लिएको बताउनुभएको छ । [caption id="attachment_1628" align="alignnone" width="3456"] शुभकामना कार्यक्रममा मुख्य मन्त्री पोखरेल ः तस्वीर कमल अधिकारी, रानीमहल [/caption] अहिले देशमा आयात र निर्यातमा असन्तुलन भएको भएता पनि विकास निर्माणको कामले भने गति लिएकोले त्यसको परिमाण समृद्ध नेपाल निर्माणमा देखिने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछि बितेका तीन वर्ष काम गर्न नसक्ने अवस्था रहेको भएता पनि नयाँ वर्षमा विकासले तीव्रता पाउने बताउनुभयो । उहाँले अबको वर्षमा आर्थिक विकास र समृद्धिको यात्रामा सुरुवात गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस भन्नुभयो । कार्यक्रमा प्रदेश सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाले ऐन कानून बनाउने र कार्यान्वयन गर्ने क्रमममा रहेको बताउनुभयो । उहाँले समृद्ध प्रदेश खुसी जनता सरकारको नारालाई सबैले साथ दिएर अगाडी बढ्न आग्रह गर्दै नयाँ वर्ष सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य तुलाराम घर्ती, नारायण प्रसाद आचार्य, पुरनमान बज्राचार्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, पूर्व सांसद, बुद्धिजीवि, व्यवसायी, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update