Erani Mahal
फोटो खिच्न गएका युवाको तिनाउ नदीमा डुबेर मृत्यु
Tinahu
रानीमहल पाल्पा १ बैशाख । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्न गएका एक युवाकाे तिनाउ नदीमा डुबेर मृत्यु भएको छ । बुटवलका १६ बर्षीय सिद्धार्थ शाक्यको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्न गएका उनको डुबेर मृत्यु भएको हो । शनिवार उनकाे निधन भएकाे प्रहरीले जनाएकाे छ । उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए । उनी सहित ९ जनाको समूह घुम्न निस्किएका थिए । उनले बुटवलको कालिका मानव ज्ञान माबिबाट भर्खरै एसईई दिएका थिए । तिनाउँ खाेलामा घुम्न अाएका शाक्यकाे खोलामा डुबेर मृत्यु भएको दोभान प्रहरी चाैकी पाल्पाका प्रहरी निरिक्षक एक बहादुर नेपालीले बताउनुभयाे । गत हप्ता पनी यही स्थानमा पाैडी खेल्ने त्रममा एकजनाकाे ज्यान गएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update