Erani Mahal
मध्य र पूर्वका भूभागमा बदली, मेघगर्जनसहित पानी पर्ने सम्भावना
America-Nepal-Home-1
रानीमहल काठमाडाै‌ १ बैशाख । उपत्यकासहित मध्य र पूर्वको केही ठाउँको मौसम अहिले बदली भएको छ । काठमाण्डौबाट पश्चिमतिर केही ठाउँमा मेघगर्जन पनि भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार पश्चिमी वायु अहिले काठमाण्डौतिर सरिरहेकाले काठमाण्डौसहित मध्य क्षेत्रको मौसम बदली भएर केहि ठाउँमा मेघगर्जन र चट्याङ परिरहेको छ । यसको प्रभावले आज मध्य र पूर्वको मौसम खुल्ने संभावना कम छ । दिउँसो केहीबेर मौसम खुले पनि फेरि बदली हुने मौसमविद् पाख्रेलको अनुमान छ । आइतबार मध्य र पूर्वका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्नेछ भने उच्च हिमाली भेगमा हिमपातको पनि संभावना हरेको मौसमविद्ले बताएका छन् । केही ठाउँमा असिना पनि पर्न सक्ने मौसमविद् पोख्रेलको अनुमान छ । आइतबार र सोमबार मध्य र पूर्वको मौसम बदली भए पनि पश्चिमको मौसम भने आंशिक बदली हुनेछ । मंगलबार भने देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update