Erani Mahal
पाल्पाकाे फाेक्सिङ्काेट गाउँबाट एकैदिन ४ लाखकाे खसीबाेका बिक्री
57034757_134913714309886_3923973222176915456_n
रानीमहल पाल्पा, २९ चैत । जिल्लाकाे रम्भा गाउँपालिका-फाेक्सिङ्काेटका महिलाहरूले एक दिन झण्डै चार लाखकाे खसीबाेका बिक्री गरेका छन् । व्यावसायिक बाख्रा पालन गर्दै आएका यहाँका महिलाहरूले शुक्रबार एकै दिन तीन लाख ९० हजारकाे खसीबाेका बिक्री गरेका हुन् । विगत चार वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका यहाँका महिलाहरूले पछिल्लाे समय उपहार सामाजिक महिला उद्यमी सहकारी संस्था मार्फत खसीबाेका बिक्री गर्दै आएका छन् । हेफर इन्टरनेश्नलकाे सहयाेगमा बाख्रा उपहार कार्यक्रमबाट प्राविधिक सहयाेग समेत यहाँका महिलाहरूले पाएका छन् । शुक्रबार उनीहरूले तानसेनकाे एउटा प्रेस हाउसलाइ एकै पटकमा ४१ वटा खसीबाेका कुल नाै सय ९५ किलाे बिक्री गरेका हुन् । स्थानीय उपहार सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाँडेमगरका अनुसार हरेक वर्ष यहाँका महिलाहरूले लाखाैँ रूपियाँकाे खसीबाेका बिक्री गर्ने गरेका छन् । खसीबाेका बिक्रीबाट राम्राे आम्दानी गर्न सफल भएपछि पछिल्लाे समय छिमेकी गाउँका महिलाहरू समेत व्यावसायिक बाख्रापालनमा लागेकाे सहकारी संस्थाकी अध्यक्ष गंगीसरा सिंजालीले बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update