पूर्वखाेला गाउँपालिकाका किसानलाई माैरीकाे घार वितरण
अमृत अधिकारी || २९ चैत्र २०७५,शुक्रबार १५:०३
रानीमहल पाल्पा, २९ चैत । पूर्वखोला गाउँपालिलाले कृषि उत्पादन तथा व्यावसायिकीकरणलाइ प्राथमिकता दिदैँ यहाँका अगुवा कृषकहरुलाइ मौरीको घार तथा सुन्तला जातको फलफुल रोप्न खन्ने गरी १० वटा डेरिल मेसिन प्रदान गरेकाे छ ।
गाउँपालिका भरीमा जम्मा ४० वटा गोलासहित र ६० वटा खाली घार बितरण गरेको गाउँपालिका कृषि शाखा प्राबिधिक सन्तोष कँडेले जानकारी दिनुभयाे ।
पूर्वखोला गाउँपालिका-३, का बिक्रम न्यौपानेले मौरी घार पाएसंगै आफूले मौरी पालन गरेर राम्रो आम्दानी गर्ने बताउनुभयो ।