X
0
Shares

तानसेन नगर युवा परिषदको अध्यक्षमा आत्रेय निर्वाचित

अमृत अधिकारी || २९ चैत्र २०७५,शुक्रबार १४:२४

रानीमहल पाल्पा २९ चैत । तानसेन नगर युवा परिषदको अध्यक्षमा युवा व्यवसायी गुरास आत्रेय निर्वाचित हुनु भएकाे छ । वडा तहबाट छनौट भएर आएका ७१ जना युवाहरुको भेलाले आत्रेयलाई अध्यक्ष र धनेन्द्रराज घिमिरेलाई महासचिवमा निर्वाचित गरेको हो ।

९ सदस्यिय समितिको उपाध्यक्षमा पबित्रा गैरे र सचिवमा विवेककाजी साक्य निर्वाचित हुनु भएकाे छ । निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै तानसेन नगर उपप्रमुख लक्ष्मी पाठकले विकासको संबाहक युवाहरुले तानसेन नगरलाई नमुना बनाउन रचनात्मक कार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयाे । उपप्रमुख पाठकले युवाहरुको सकारात्मक सोंचलाई समाज रुपान्तरणमा लगाउने नगरपालिकाको उद्देश्य रहेको बताउनुभयाे ।

नेपाल बार एसोसियसन पाल्पाका अध्यक्ष जोग बहादुर विकले युवा लक्षित कामको लागि सहज तरिकाले सर्वसम्मती गरेर नेतृत्व चयन गरेको भन्दै तानसेनका युवाहरुमा सकारात्मक सोंच भएको बताए । नवनिर्वाचित अध्यक्ष आत्रेयले नगरपालिकाले युवाको क्षेत्रमा नयाँ र रचनात्मक काम गर्ने अवसर दिएको बताउनुभयो ।

जिल्लाका अन्य स्थानिय तहको अगाडि नमुना काम गर्दै सफल स्थानिय सरकारको सारथि बन्न युवा परिषद दृढ रहने अध्यक्ष आत्रेयले बताए । भेलालाई सहजिकरण गर्दै तानसेन नगरपालिका सामाजिक विकास समिति संयोजक दिपक विकले तानसेन नगरपालिका सधै युवाको पक्षमा भएको भन्दै निर्वाचित समितीले उदाहरणिय काम गर्नेमा नगरपालिका विस्वस्त रहेको बताउनुभयाे । निर्वाचित समितीले तानसेन नगरपालिका भरी युवा क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी लगाएतका बिषयमा काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys