X
0
Shares

विप्लव नेतृत्वकाे नेकपा निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ

अमृत अधिकारी || २९ चैत्र २०७५,शुक्रबार १२:०९

रानीमहल पाल्पा, २९ चैत । विप्लव निकट नेकपाकाे शिक्षक संगठनका पाल्पा जिल्ला अध्यक्ष विजयकुमार बुढा पक्राउ परेका छन् । पाल्पा जिल्लास्थित रैनादेवी छहरा गाउँपालिका-६, जुठापाैवास्थित कुवारी आधारभुत विद्यालयका शिक्षक समेत रहेका बुढालाइ जिल्ला प्रहरी कार्यालय पाल्पाकाे टाेलीले शुक्रबार दिउँशाे तानसेनबाट पक्राउ गरेकाे हाे ।

सरकारले प्रतिबन्धित गरेकाे कार्यमा संलग्न भएकाे आराेपमा बुढालाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पाेखरेलले बताउनुभयाे । पाेखरेलले थप अनुसन्धान भइरहेकाे जानकारी दिनुभयाे ।

शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा उर्तीण भएका बुढामगरलाई शिक्षा इकाइ समन्वय समितिको कार्यालयमा नियुक्तीपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो । बुढा विगत चार वर्षदेखि विप्लप नेतृत्वकाे नेकपा नजिक रहेकाे शिक्षक संगठनमा आबद्ध रहनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys