0
Shares
निस्दीमा कक्षा-८ काे नतिजा सार्वजनिक
अमृत अधिकारी || २९ चैत्र २०७५,शुक्रबार ११:३०
धनबहादुर ठाडा पाल्पा, २९ चैत । निस्दी गाउँपालिका मित्याल पाल्पाले शैक्षिक सत्र-२०७५ को कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा निस्दी गाउँपालिका भित्र रहेका १२ वटा माध्यमिक विद्यालय र ११ वटा आधारभूत विद्यालयबाट ४८७ जना विद्यार्थीले परीक्षा फाराम भरेकोमा १५ जना विद्यार्थी अनुत्तीर्ण भएको शिक्षा समितिका सदस्य तथा गाउँपालिका प्रबक्ता मेख बहादुर सुनारीले बताउनुभयो ।
परीक्षामा ४७२ जना विद्यार्थी उतिर्ण भएका छन् ।