X

रामपुरमा शिक्षक कार्यशाला सम्पन्न

अमृत अधिकारी || २९ चैत्र २०७५,शुक्रबार ०५:४९

गोपाल प्रसाद वश्याल, पाल्पा, २९ चैत्र । पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं. ४ स्थित मदरसा नुरुल हुदा आधारभूत विद्यालयको आयोजनामा दुई दिने शिक्षक क्षमता अभिबृद्धि तालिम कार्यशाला बुधवार सम्पन्न भएको छ ।

मदरसा विद्यालयका ११, सीताराम मा. वि. का ६ र रामपुर आधारभूत विद्यालयका ३ गरी २० जना शिक्षकहरू सहभागी रहेको यस कार्यशालामा शिक्षा तालिम केन्द्रका प्रशिक्षक गोपाल प्रसाद वश्यालले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा कक्षाकोठामा प्रयोग हुने अंग्रेजी भाषा अभ्यास, पाठ विश्लेषण, पाठ योजना निर्माण, अंग्रेजी माध्यममा शिक्षण गर्ने विधि तथा क्रियाकलापहरू, विश्लेषणात्मक प्रश्न निर्माण, मनोरञ्जनात्मक बालमैत्री सिकाइ क्रियाकलापहरू, बालअधिकार तथा बालकेन्द्रित शिक्षण क्रियाकलापहरू सम्बन्धी अभ्यास गरिएको थियो ।

तालिम कार्यशालाको समापनका अवसरमा मदरसा विद्यालय सञ्चालक समितिका अध्यक्ष शाहदत हुसेन र प्रधानाध्यापक मोहम्मद सलिमले तालिममा आर्जन गरेका सिपको कक्षाकोठामा उपयोग गरी नवीनतम विधिको उपयोग गर्न आग्रह गर्नुभयो । समापनमा सहायक प्रधानाध्यापक मोहम्मद अलि, सीताराम मा. वि. का शिक्षक इन्द्रा थापा, मदरसाका शिक्षक सकिला खातून र रामपुर आधारभूत विद्यालयका शिक्षक लक्ष्मी वि. क ले मन्तब्य राख्दै विभिन्न क्रियाकलापका माध्यमबाट बालमैत्री तरिकाले शिक्षण गर्ने सिपको विकास भएको बताउनुभयो ।

समापनमा बोल्दै सहजकर्ता वश्यालले गुणस्तर शिक्षाका लागि शिक्षकको गुणस्तर आवश्यक पर्ने भएकाले स्वयम्लाई अद्यावधिक गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys