X

तिनाउँ गाउँपालिकाको मुखपत्र तिनाउँ सन्देशको विमोचन

अमृत अधिकारी || २९ चैत्र २०७५,शुक्रबार ०२:०२

रानीमहल पाल्पा, २९ चैत । तिनाउँ गाउँपालिकाको मुखपत्र तिनाउँ सन्देश एक कार्यक्रमा बीचमा विमोचन गरिएको छ । वार्षिक रुपमा प्रकाशन गरिने बुलेटिन तिनाउँ सन्देशको प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा प्रमुख अतिथि घर्ती मगरले तिनाउँका जनताको हरेक गतिविधि, नीति, कार्यक्रम समेटेर प्रकाशन गरिएको बुलेटिन सबै जनताको हातहातमा पुर्याउन सक्नुपर्ने बताउनुभयो ।

अहिलेको अवस्था भनेको सूचना र संचारको युग भएकाले गाउँका कामहरु सूचना संचार सम्प्रेषणमा यस्ता बुलेटिन तथा गतिविधिको प्रकाशनले दस्तावेज सँगै सूचना प्रेषणमा सहयोगी बन्ने बताउनुभयो ।

कार्यक्रम उपाध्यक्ष दमयन्ती थापाको स्वागत, प्रशासकीय अधिकृत ज्ञानु पनेरुको संचालनमा भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, पत्रकार कृष्ण कार्की, वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।
बुलेटिनमा गाउँपालिकाका गतिवधि, वडा गतिविधि, नीति, कार्यक्रम, भावि कार्यक्रम आदि समेटेर प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys