Erani Mahal
तिनाउँमा विपन्न परिवारलाई जस्तापाता वितरण
56828232_2272723303047988_5424096262334971904_n
रानीमहल पाल्पा, २९ चैत । तिनाउँ गाउँपालिकाले फुसको छानो विस्थापन गर्ने कार्यक्रम अन्तर्गत गाउँका विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ । गाउँपालिकाका विपन्न परिवारको आर्थिक अवस्था हेरेर फुसको छानोमा आगोलागी तथा हावाहुरीको समस्या हुने भएकाले उनीहरुलाई कर्कट पाताको घर छाउनको लागि गाउँपालिकाको फुसको छानो हटाउने कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिएको गाउँपलिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले रानीमहललाई बताउनुभयो । गाउँपालिका भित्रका ५६ घर परिवारलाई ३ वण्डलका दरले जस्तापाता वितरण गरिएको हो । यस वर्ष २० लाख बजेट विनियोजन गरेका थियौ, अध्यक्ष घर्तीले भन्नुभयो, हाम्रो गाउँपालिकामा करिब ४ सय घर फुसका छाना भएका छन्, उनीहरुलाई पनि अर्को वर्षको बजेटबाट फुसको छानो विस्थापनको लागि सहयोग गरेर फुसको छानो रहित गाउँपालिका बनाउने अभियानमा लागेका छौं । गाउँपालिकामा रहेका विपन्न परिवारलाई आर्थिक स्तर उकास्ने कार्यक्रम सहित प्रदेशबाट समेत विभिन्न खालका कामको सुरुवात गरिएको प्रदेश सांसद तुलाराम घर्तीले बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रभित्रका गाउँहरुमा आयस्तर वृद्धि, सडक, खानेपानी लगायतका क्षेत्रमा आफूले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाएको बताउनुभयो । यस वर्ष गाउँपालिकाले दलीत तथा विपन्न परिवारलाई छनौट गरेर वितरण गरेको र आगामी वर्षमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष घर्तीले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष राजेश श्रेष्ठ, प्रेम पाण्डे, प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु,पत्रकार महासंघ पाल्पाका सहसचिव कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update