Erani Mahal
तिनाउमा दलित महिलाहरुलाई मुढा बुन्ने तालिम
56652777_363576274499786_6194778794427940864_n
रानीमहल पाल्पा, २९ चैत । तिनाउँ गाउँपालिका वडा नं. ६ चिदिसमा दलित महिलाहरुलाई मुढा बन्ने तालिम सकिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २५ जना दलित महिलाहरुलाई सीपमुलक तालिम दिइएको हो । तालिममा कोपिला अस्लामीले प्रशिक्षण दिनुभएको थियो । दलित महिला संघ चिदीसकी अध्यक्ष मेनुका गहतराजको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि घर्तीले तालिममा सिकेका सीपलाई व्यवहारमा उत्र्तान सकेमा आय आर्जन सँगै गाउँपालिकाको लगानीको सदुपयोग हुने बताउनुभयो । वडा अध्यक्ष टोमबहादुर पुनले गाउँ ठाउँमा रहेका बाँसको उपयोग गरेर मुढा बनाउँदा सीप र स्वरोजगार हुने भएकाले आय स्तर बढाउन समेत महिलाहरुलाई सहयोगी हुने बताउनुभयो । कार्यक्रममा छवी गहतराज, वडा सदस्य सस्वती नेपाली, उर्मिला अस्लामी लगायतले सीप सिक्ने काम राम्रो भएको बताउनुभयो । सुनिता गहतराजको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन अमृता गहतराजले गर्नुभएको थियो । तिनाउमा दलित महिलाहरुको बीच मुढा बुन्ने तालिम
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update