X
0
Shares

नेपाल रेडक्रस सोसाइटी तिनाउँ शाखाको अधिवेशन

अमृत अधिकारी || २८ चैत्र २०७५,बिहीबार ०६:२४

रानीमहल पाल्पा, २८ चैत । नेपाल रेडक्रस सोसाइटी तिनाउँ उपशाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शाखा अध्यक्ष अमर सिंह प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति बुद्धि प्रसाद शर्मा प्रमुख अतिथि र तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगर विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा ९६ जना सदस्यलाई व्याच र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष शोभा शाक्य, कृष्ण अधिकारी, कोषाध्यक्ष भीमसेन कार्की, संगठन विभाग प्रमुख मिनबहादुर केसी, कार्यकारी अधिकृत बाबुराम कार्की, सदस्यहरु राजेन्द्र लिगल, केशव नेपाल, चित्रवलीराम सुवाल, माया बज्राचार्य, गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

चक्रव्यूह थापाको संचालनमा भएको कार्यक्रको प्रथम अधिवशेनले अमरसिंह प्रधानको अध्यक्षतामा नयाँ उपशाखा समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा फुलकुमारी लम्तरी, सचिव सन्तोष शेरचन, कोषाध्यक्ष ओमबहादुर थापा, उपसचिव यमबहादुर बगाले, सदस्यहरु प्रेम श्रेष्ठ, दिलकुमारी रोका, गणेश बहादुर रास्कोटी, रीता गुरुङ्ग, देव सिंह दर्लामी चयन हुनुभएको छ । नव निर्वाचित पदाधिकारी र सदस्यलाई कार्यक्रमका प्रमुख अतिथिबाट सपथ गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys