Erani Mahal
रानीमहल पाल्पा, २८ चैत । गुल्मीमा जीप दुर्घटना हुँदा पूर्व संसद सहित २ जनाको मुत्यु भएको छ भने दुर्घटनमा ८ जना घाइते भएका छन । घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । [caption id="attachment_1406" align="alignnone" width="960"] समाचार प्रतिनिधि तस्वीर [/caption] जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ च्यानडाडामा दुर्घटना भएको थियो । दर्लिङ्ग गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जिप दुर्घटना हुदाँ धुर्कोट गाउँपालिका ५ बस्तु निवासी ७२ वर्षिय पूर्व संसद एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी रुद्रामणीशर्मा भण्डारी र मालिका गाउँपािलका वडा नम्बर १ निवासी ८ वर्षिय ओस्कर बिकको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय गुल्मीले जनाएको छ । भण्डारी २०४७ सालको निर्वाचनमा तत्कालिन गुल्मी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट संसद बनेका थिए । दुर्घटनामा परि घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षिय सुर्य थापा, सोहि वडाकै २६ वर्षिय कोशिला थापा, गाडी चालक ३६ वर्षिय कमल पुरी, ३ वषर््ािय कृतिमा थापा, ५ वर्षिय जेनिस थापा, १८ वर्षिय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षिय भोजबहादुर भट्टराई र ३८ वर्षिय रिमा भट्टराई रहेको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताउनुभयो । घाइतेहरुको जिल्लाकै वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेको छ । १० जना सवार जिप दुर्घटनापछि सडकबाट झन्डै१ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update