X
0
Shares

कुण्डली प्राथमिक विद्यालय तिनाउँ जन्तिलुङ्को वार्षिकोत्सव सम्पन्न

अमृत अधिकारी || २८ चैत्र २०७५,बिहीबार ०४:०४

रानीमहल पाल्पा, २८ चैत । कुण्डली प्राथमिक विद्यालय तिनाउँ ६ जन्तिलुङ् पाल्पाको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगर रहनुभएको थियो । प्रमुख अतिथि घर्तीले विद्यार्थीलाई अक्षरमात्र सिकाएर नपुग्ने भएकाले अनुशासन, सभ्यता र जीवनउपयोगी शिक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले शिक्षाले चेतनासँगै जीवन परिवर्तनमा भूमिका खेल्नुपर्ने र सोही अनुसारको शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य मिना लम्तरी, अभिभावक पदम चिदी, मिनबहादुर लम्तरी, एकुमाया रुचाल, सरिता दर्लामी लगायतले विद्यालयको प्रगतिको शुभकामना दिनुभयो । विद्यालयको प्रधानाध्यापक टेकबहादुर लामिछानेले १२ लाख ९ हजार ८ सय ६० रुपैंया बराावरको आय व्यय र वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

कक्षा तीनसम्म अध्ययन हुने विद्यालयमा ३२ जना विद्यार्थी अध्यन गर्दै आएका छन् कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धबहादुर चिदीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys