Erani Mahal
रामपुरमा स्वीटर बुनाई प्रति  महिलाहरु आकर्षित
56811406_411924032971493_4394666659604856832_n
सीता डोटेल पाल्पा २८ चैत । एक हप्ता भित्रै स्वीटर बुनेर सकिने भएपछि स्वीटर बुन्ने तालिममा यहाँका महिलाको आकर्षण बढेको छ । रामपुर नगरपालिकाले गत महिना तालिम चलाएकोमा पुनः तालिमको माग अनुसार वडा नम्बर ५ को आदिबासी जनजाति समन्वय समितीले वडामा १२ दिने स्विटर बुन्ने तालीम आयोजना गरेको छ । सानो लगानी र घरमा नै बसेर बुन्न सकिने भएपछि आदिवासी जनजाति महिलाहरुले स्वीटर बुनाई तालिमको माग गरेको आदिवासी जनजाति समन्वय समिति वडा नम्बर ५ का सचिव बिन्दु श्रेष्ठले बताउनुभयो । वडाले बिनियोजन गरेको ५० हजार रुपँयाबाट वडाका ८ महिला सहित समितिका सदस्यहरुले पनि तालिम सिकेका हुन् । १२ दिनमै महिला र पुरुषले जाडो मौसममा लगाउने स्वीटर बुनेर तालिम समापनमा महिलाहरुले स्वीटर प्रर्दशन गरेका थिए भने कसैले पुनः अरु स्वीटर बुन्दै थिए । तालिम समापनका अबसरमा रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले तालिममा सिकेको सीप व्यबहारमा उतार्न सहभागीलाई आग्रह गर्दै महिला आत्मनिर्भर बन्न यस्तो तालिम प्रभावकारी भएको बताउनुभयो । उहाले एक जनाले सबै तालिम लिन खोज्नु भन्दा एउटा सिपमा पोख्त भएर व्यबसायिक हुन आग्रह गर्नुभयो । सोही अबसरमा वडा महिला सदस्य साबित्रा गौतमले हातमा सीप भएका महिलामा आत्मबिश्वास बढ्ने बताउदै अब सटरमा रामपुरका स्विटर बिक्री गर्न महिला लाग्नु पर्ने बताउनुभयो । वडा नम्बर ५ का दलित महिला सदस्य माया नेपालीले अब सिपमा परिवर्तनसँगै आम्दानी गर्ने सीप महिला आफैंले खोज्नुपर्ने र व्यवसायमा तल्लिन हुनुपर्ने बताउनुभयो । पत्रकार सीता डोटेल, रमा भण्डारीले तालिम तालिममा सिमित नराखेर कमाउने र जिविकोपार्जनको माध्यम बनाउनुपर्ने बताउनुभयो । प्रशिक्षक बिष्णु माया पोखरेलले लगनशील भएर पेशा अंगाल्ने हो भने राम्रो आम्दानी आफुले देखेको बताउनुभयो । उहाँले आफुले पहिले पहिले पनि कुरुस खेलाएपनि गत महिना तालिम लिएर अहिले दिन सक्ने भएकाले सबै महिला दिदीबहिनीलाई हिम्मतले काम गर्न सुझाउनुभयो । सहभागी श्रीमाया आलेले तालिम फलदायी भएको बताउदै अझ लामो दिन बढाएर तालिम राख्न वडा र समितिलाई आग्रह गर्नुभयो । सोही अबसरमा प्रमुख अतिथि वडाध्यक्ष हिमाल मल्लले सहभागी महिलालाई स्वीटर बुन्ने धागो काटी र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो भने महिलाहरुले तालिममा बुनेको स्वीटर मायाँको चिनो स्वरुप उपहार दिएका थिए । आदिवासी जनजाति समन्वय समितिका वडा संयोजक भोज बहादुर रानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत समिति सदस्य टकमाया दरैले गर्नुभएको थियो भने संचालन समिति सचीव बिन्दु श्रेष्ठले गर्नुभएको हा । यसैबिच तालिम अबधिमा उत्कृष्ट सिकाइमा तिर्थ कुमारी थापा, उमेरले पाको भइकनपनि तालिममा सक्रिय बुट्टाका नयाँ डिजाइनमा काम गर्नुभएका श्यामकुमारी दरै, श्रीमायाँ थापा र सुन्तली श्रेष्ठलाई सम्मान स्वरुप चिनो प्रदान गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ०३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update