Erani Mahal
पाल्पामा नतिजा प्रकाशन हुनसाथ पाठ्यपुस्तक किन्नेको भीड
56685610_1078072512388631_2428480564785840128_n
रानीमहल पाल्पा, २७ चैत । जिल्लाका अधिकांश विद्यालयले बुधवार नतिजा प्रकाशन गरेका छन् । उनीहरुले शैक्षिक वर्ष २०७५ सालको अन्तिम नतिजा प्रकाशन गरेका हुन् । जिल्लामा नतिजा प्रकाशन हुन साथ नयाँ शैक्षिक वर्षको लागि पाठ्यपुस्तक किन्न यहाँका पुस्तक पसल तथा स्टेशनरीहरुमा भीड लागेको छ । नतिजा प्रकाशित हुन साथ पाठ्यपुस्तक किन्नेको होडवाजी नै चल्ने गरेको हो । पछि किन्दा पाठ्यपुस्तक अभाव हुने डरले सुरु दिनमै किताव कापी किन्न स्टेशनरीमा भीड लागेको हो । गत वर्षमा शैक्षिक सत्र सुरु भएको ६ महिनासम्म पनि सरकारी तथा नीजि स्तरका पाठ्यक्रम नपाउँदा विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा समेत प्रभाव पर्ने गरेको थियो । यस वर्ष समयमा पाठ्यक्रम र पुस्तकहरु आइएकाले गत वर्ष जस्तो अभाव नहुने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले बताउनुभयो । उहाँले शैक्षिक सत्रको सुरुवात नहुँदै अभिभावकले नयाँ पाठ्यपुस्तक खरिदका लागि पुस्तक पसलहरुमा भीड लाग्ने गरेको बताउनुभयो । अहिले तानसेन तथा आसपासका पुस्तक पसलमा पुस्तक किन्ने अभिावक र विद्यार्थीको भीड लागेको छ, जसले गर्दा व्यवसायीलाई समेत भ्याई नभ्याई भएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update