X
0
Shares

रामपुरमा एकीकृत व्यवसाय व्यवस्थापन तालिम सुरु

अमृत अधिकारी || २६ चैत्र २०७५,मंगलवार १३:०२

सीता डोटेल पाल्पा, २६ चैत । उद्योगी व्यवसायीहरुलाई व्यवसाय व्यवस्थापन सम्बन्धी ५ दिने तालिम पाल्पाको रामपुरमा शुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान प्रदेश कार्यालय बुटवलको संयुक्त आयोजनामा चलेको तालिममा रामपुर क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका २५ युवाहरु सहभागी छन् ।

तालिमको शुभारम्भ गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले व्यवस्थापन राम्रो नहुँदा एउटै व्यवसायमा युवा टिक्न नसक्ने हुँदा व्यवसाय सञ्चालन र निरन्तरतामा ध्यान दिनुपर्ने कुराहरु तालिममा सिकाइने जानकारी दिनुभयो ।

तालिमको उद्देश्य माथि प्रकाश पार्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान प्रदेश कार्यालय बुटवलका प्रमुख मुकुन्द ज्ञवालीले तालिम अबधिभर व्यवसाय सञ्चालनको शुरुदेखि लेखाजोखा, व्यवसाय गर्दा कसरी मुनाफा र गुणस्तरीय सेवा दिन सकिन्छ, व्यवसायमा प्रतिस्पर्धा तथा लगनशीलताका साथै ग्राहकसँगको व्यबहार, व्यवसाय गर्ने माध्यम र निरन्तर व्यवसाय टिकाइराख्न अपनाउनुपर्ने तरिका, कामदार प्रक्रिया लगायतका बिषयमा सिकाइने बताउनुभयो ।

तालिममा ज्ञवाली र व्यवसाय प्रबद्र्धन अधिकृत योगेन्द्र श्रीषले सहजिकरण गर्नुहुनेछ । रामपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसी पुरुषोत्तमले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys