रामपुरमा ‘हिरो कम्पनी’को शो-रुम खुल्याे
अमृत अधिकारी || २५ चैत्र २०७५,सोमबार १५:२०
सीता डोटेल पाल्पा, २५ चैत । अटोमोबाईल कम्पनीहरुले पछिल्लो समय रामपुरमा शोरुमहरु सञ्चालन गर्दै आएको छ । यसै क्रममा मोटरसाईकल र स्कुटरको उत्पादन गर्दै आएको हिरो कम्पनीको शोरुम जिल्ला मै पहिलो पटक रामपुरमा सञ्चालनमा आएको छ ।
फिजा एण्ड खुस्बु अटोमोवाइलले रामपुर ४ इस्लामपुरमा हिरो कम्पनीको शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको सोमबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्कुटर धनीलाई साँचो हस्तान्तरण गरेर शुभारम्भ गर्नु भएको हो ।
उहाँले शोरुम बाट स्कुटर लिएका लक्ष्मी थापा र विष्णु माया केसी साँचो हस्तान्तरण गर्नुभयो । पाल्पाको तानसेनमा पनि हिरोको शोरुम सञ्चालनको क्रममा रहे पनि रामपुर जिल्लामै पहिलो पटक शुभारम्भ भएको कम्पनीका पश्चिमाञ्चल क्षेत्रिय प्रबन्धक प्रकाश फुयालले बताउनुभयो ।
उहाँले हिरोले नयाँ वर्षको अवसरमा स्कुटर र मोटरसाईकल खरिदमा ४ हजार देखि एक लाख सम्मको स्क्रयाच र प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ लाख बराबरको विजेता घोषणा गरिने बताउनुभयो ।
फिजा एण्ड खुस्बु अटोमोवाइलका सञ्चालक ताजिम शेखले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा हिरोले ५ वर्षको वारेण्टीको साथ ९ पटक फ्रि सर्भिस, पाँचौ, नवौ र एघारौं सर्भिसिङ्ग गर्दा इन्जिन आयलमा ३० प्रतिशत छुट, पाँचौ, चौथो, आठौं र बाह्रौं सर्भिसिङ्ग गर्दा स्पेयर पार्ट्समा ७ प्रतिशत छुट रहेको बताउनुभयो ।