X

रामपुरकाे नगरसभा नेकपाका जनप्रतिनिधिद्वारा बहिस्कार

अमृत अधिकारी || २५ चैत्र २०७५,सोमबार १५:०७

रानीमहल पाल्पा, २५ चैत । रामपुर नगपालिकाको चौथो नगरसभाको बन्द सत्रमा नगर स्तरीय विकास योजनाको नाम मात्र राखेर रकम उल्लेख नगरी सिलिङ्गमा वितरण गरेपछि नेकपाका जनप्रतिनिधिले सभाको बन्द सत्र बहिस्कार गरेका छन् ।

उनीहरुले पटक पटक कार्यपालिका बैठकमा प्रस्तुत गर्न माग गरिएपनि अन्त्यमा सभाको दिन नै रकम उल्लेख गर्ने भनेपछि योजनाको नाम राखेर रकममा खाली राखेपछि आपत्ति जनाउदै हलबाट बाहिर निस्केका थिए ।

नगरमा ५४ मध्ये २१ जना जनप्रतिनिधि नेकपाका छन् । उनीहरुले नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन नै गरेर नगरसभाबाट बाहिर निस्कदा यो योजनामा यति रकम प¥यो भन्ने जानकारी आम नागरिकलाई दिन पाउनुपर्ने माग राख्दै योजनाको नाम हुने तर रकम उल्लेख गर्ने ठाउँमा खाली भएकोमा सभाबाट बाहिरिनुपरेको बताएका छन् ।

वडा नम्बर १० का अध्यक्ष लिल बहादुर गाहाले बहिस्कार गर्नुपरेको जानकारी दिदै झण्डै ५ पटक सरेको नगर सभामा चुस्त दुरुस्त योजनामा रकम बिनियोजन नगरिनु दुखद भएको बताउनुभयो ।

वडा नम्बर ७ का सदस्य तथा नेकपा नगर अध्यक्ष कमलराज भट्टराईले जति पनि रकमान्तर भएका आएको रकम छ हरेक वडा र योजनामा बिनियोजन किटानी गरि सिलिङ्ग राख्न माग गरेको बताउनुभयो । बजेट सिलिङ्ग खाली राखेर कार्यपालिकाबाट मन लाग्दो रकम बिनियोजन गर्ने ठाउँ सभाले राखेको भन्दै यसको विरोध गरेको उहाँको भनाई छ ।

वडा नम्बर १ का वडाध्यक्ष मित्रलाल कडेंलले पारित ४ विधेयक मध्ये युवा स्वरोजगार विधेयकमा धितो राख्ने कुरामा नगरका दुर्गम क्षेत्र र सुगममा एउटै कार्यविधि लागु गर्न नसकिने कुरा जनाउदा जनाउदै बहुमतले पारित गरेको बताउनुभयो ।

रोपनीको २५ हजार भएको ठाउँमा कति रकमका लागि कति धितो राख्नुपर्छ त्यसले दुर्गम भेगलाइ असर पुग्छ भनेर आपत्ति जनाउदा जनाउदै पारित गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys