X
0
Shares

रामपुर नगरपालिकाको चौथो नगरसभा तथा हिउँदे अधिवेसन

अमृत अधिकारी || २५ चैत्र २०७५,सोमबार १५:०५

रानीमहल पाल्पा, २५ चैत । रामपुर नगरपालिकाको चौथो नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । होटेल न्यू श्रीनगरको सभाहलमा भएको सभाले ४ वटा कार्यविधि पारित गर्दै तेस्रो नगरसभाले विनियोजन १ करोड ५५ लाख खर्च हुन नसकेका योजनाको रकमान्तर गरेको छ ।

जस अन्तर्गत नदी तथा सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि २०७५, स्थानिय राजपत्र सम्बन्धी कार्यविधि २०७५, युवा स्वरोजगार कार्यक्रम कार्यविधि २०७५ र नगरपालिका विधान समिति नियमावली २०७५ पारित गरेको हो । ५ वटा शिर्षकहरुबाट रकमान्तर गरी अन्य योजनामा थप गरेको हो ।

नगर सभामा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरले हाल सम्म सम्पन्न गरेका कार्यक्रमहरुका बारेमा जानकारी दिदै खरको छाना मुक्त नगरको यस वर्ष प्रदेश सरकारको ५० लाख र नगरको ५० लाखले जस्ता वितरण भैरहेको र गतबर्ष ५० लाखले १ सय ५० घरमा टिन वितरण गरेको बताउनुभयो । उहाँले युवा स्वरोजगार अन्तर्गत १२ लाख सम्म विना व्याजमा ऋण प्रदान गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

‘‘रामपुर बासीको रहर, सुशासन सहितको समुृद्ध शहर’’ नारा सहित नगरपालिकाले सक्रियताका साथ काम गर्दै आएकोमा धेरै चुनौती पनि रहेको उल्लेख गर्नुभयो । मुलुक सिक्दैछ गर्न खोजेपनि संरचनाले विविध समस्या छन्, उहाँले भन्नुभयो–अव्यवस्थित बस्तीको झण्डै ८० लाख गतबर्षको नदीको टेण्डरको ६५ लाख लगायतको अनुमानित रकम नआउदा घाटा बजेटले अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभयो ।

योजना तर्फ इंकित गर्दै थापाले भन्नुभयो–सबै योजना पर्छ भन्ने छैन तर आबश्यकता हेरेर काम गछौं । उहाँले देशका १०० गन्तव्यमा रामपुर पर्नु, सफल प्याराग्लाइडिङ्ग, ¥याफ्टिङ्ग, बाटो कालोपत्रे जस्ता योजनामा प्रगति भएकोले समन्वय गरेर नगरपालिका अघि बढ्ने बताउँदै रचनात्मक सुझाव र सहयोगको अपेक्षा लिएको बताउनु भयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले चालु आर्थिक वर्षका लागि विनियोजित ६० करोड २५ लाख ५६ हजार रकम मध्ये हाल सम्म ४४ करोड २८ लाख १६ हजार ८ सय १० मात्र आम्दानी प्राप्त भएको बताउनुभयो । जस मध्ये हाल सम्म गत वर्ष भुक्तानी १ करोड ४६ लाख ८२ हजार २ सय ९० तिरेर ४२ करोड ८१ लाख ३४ हजार ५ सय २० खुद आम्दानी रहेको बताउनुभयो ।

खर्च तर्फ चालुमा २१ करोड ५० लाख १४ हजार ७ सय २० रुपैयाँ, पुँजीगत ५ करोड २७ लाख २७ हजार ४ सय ९० गरी हाल सम्म २६ करोड ७७ लाख ४२ हजार २ सय १० रुपैयाँ खर्च भएको बताउनु भयो । त्यस्तै १० वटा वडा रहेको रामपुरमा वडालाई वराबर विनियोजित ४५ लाख रकममध्ये हाल सम्म ३५.९० प्रतिशत काम भएको बताउनुभयो । यसमा काम भएर भुक्तानी र अन्तिम चरणका योजना बढी रहेको प्रगति सुनाइएको थियो ।

खुला सत्रमा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले नगरका योजनाहरु केही वडामा ३६ प्रतिशत र केही वडामा ४ प्रतिशत सम्पन्न हुनुले समयमा नै सकिनेमा शंका व्यक्त गर्नुभयो । नेकपा रामपुरका नगर सचिव दामोदर पाठकले राम्रो नगर बनाउन लागे जस्तो आफुले नपाएको बताउदै सम्पन्न, सम्पन्न उन्मुख, सम्झौता चरण र हुन नसकेका योजना खुलस्त आएर काम हुन नसक्नुबारे समिक्षाको माग गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर सल्लाहाकार तथा नेपाल सरकारका पुर्व सचिव शान्ता बहादुर श्रेष्ठले रामपुरलाई बस्न योग्य शहर कसरी बनाउन सकिन्छ भन्ने सोच्ने बेला आएको बताउनुभयो । योजना निर्माण गर्दै सन् २०२० नेपाल भ्रमण बर्ष, लुम्बिनी भ्रमण बर्ष लगायतलाई मध्यनजर गर्दै पर्यटन र कृषिमा काम गर्नुपर्ने उहाँको भनाई थियो ।

स्थानीय सँगै प्रदेश र संघको बजेट गरि करोड होइन अब अर्बका योजनामा मेहनत गर्नुपर्ने र यसका लागि नितिगत व्यवस्था र आबश्यक कानुन बनाउएर अघि बढ्न नगर नेतृत्वलाई आग्रह गर्नुभयो । व्यवस्थित शहर विकासमा दुई मत नराख्न आग्रह गर्दै श्रेष्ठले राम्दी देखि देवघाट खण्डको समथर भुभागको रामपुरले नेतृत्व गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नगर सल्लाहाकार देवराज ढकालले किसानलाई प्रोत्साहित गरी स्थानिय उत्पादन वृद्धिमा जागरुक बनाउनुपर्ने बताउनुभयो । नगर सल्लाहाकार लेखनाथ पोखरेलले जनता कुनै दलको पक्षमा नहुने भन्दै उनीहरुले माग गरेका योजना समान रुपमा सञ्चालन गरेर अघि बढ्नपर्ने बताउनु भयो । स्थानीय सरकार सिधै जनतासँगको सरकार भएकाले जनताको माग पुर्ति नगरे सञ्चा जनप्रतिनिधि नभइने उहाँको भनाई थियो ।

नगरपालिका विशेष समन्वय समिति सदस्य राजु प्रसाद श्रेष्ठले योजना सञ्चालन गर्नुपूर्व विज्ञहरुको सुझाव लिन आग्रह गर्नुभयो । उहाँले असार भित्रै गर्ने काम प्राथमिकतामा राखेर अघि बढ्न सुझाउदै प्रदेशको कार्यक्रम अन्तर्गत नगरमा खेलकुद मैदान, उद्योग ग्राम, चिस्यान केन्द्रको तत्काल काम थाल्न समन्वय गर्नुपर्ने बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले एक गाउँ एक उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले टुक्रे योजनाले सधै समस्या थपिएको बताउदै आन्तरिक आय बृद्धि गर्न नगरपालिकाले तदारुकता दिनुपर्ने बताउनुभयो । पत्रकार दुर्गेश मल्लले साना योजना भन्दा पनि देखिने गरी योजना ल्याउन सुझाव दिनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका योजना विज्ञ कपिल बहादुर खाँणले गर्नु भएको हो । तेस्रो नगर सभाले विनियोजन गरेको रकममा झण्डै ४ करोड बढी घाटा बजेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys