X

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

अमृत अधिकारी || २५ चैत्र २०७५,सोमबार १४:०७

रानीमहल अर्घाखाँची, २५ चैत । अर्घाखाँची जिल्लकाे भूमिकास्थान नगरपालिका-८, लात्तेबाझमा साेमबार जीप दुर्घटना हुुँदा तीन जना यात्रुकाे मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा प्युठान ऐरावती गाउँपालिका-२ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनिका आचार्य र अन्दाजी ५ वर्षीय एक बालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुईजनाको घटनास्थलमै र बालकको सन्धीखर्क अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उकालो सडकमा ब्रेक फेल भएपछि जीप सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिपमा १८ जना यात्रु रहेका थिए । घाइतेमध्ये ८ जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको र अन्य घाइतेको
सदरमुकाम सन्धिखर्कमै उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys