समाजका विकृति हटाउन छहरा बजारमा सचेतना कार्यक्रम
अमृत अधिकारी || २५ चैत्र २०७५,सोमबार ११:२६
भुवन रायमाझी पाल्पा, २५ चैत । पाल्पाको रैनादेवी छहरा ४ मा रहेको छहरा बजार ब्यावस्थापन समितिले समाजमा हुने गरेका बिकृति हटाउन छहरा बजार ब्यवस्थापन समितिको आयोजना र रेैनादेवी छहरा गाउँपालिकाको सहयोगमा सचेतना कार्यक्रम गरेको छ ।
समाजमा भएका बिकृति र बिसंगति हटाउ, स्वस्छ र सभ्य समाजको निर्माण गरौ भन्ने मूल नारा लिएर रैनादेवी छहरा–४, मा रहेका स्थानीय सरोकारवाला निकायको उपस्थितिमा सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले समाजमा हुने अपराधिक क्रियाकलापले नराम्रो असर पारेको भन्दै पछिल्लो समय पाल्पामा आत्महत्याका घटना बढेको बताउनुभयो ।
उहाँले यस्ता घटना बढ्नुमा मुख्य कारण नै जुवातास, जाडरक्सी सेवन भएको बताउँदै यसको न्युनीकरणमा सबै सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पाल्पा उघोग बाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले छहरा बजार व्यवस्थापन समितिले समग्र ब्यापारीहरुको हितमा काम गर्न आग्रह गदै सबै ब्यापारीहरुले मुल्य निर्धारण गरेर ब्यापारमा देखिएका कमीकमजोरी हटाउनपर्ने बताउनुभयो । उहाँले छहरामा रहेको बजार ब्यवस्थापन समितिले यस्ता खालका कार्यक्रम गरेर जनतालाई सचेत गराउन भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो ।
विश्व स्वास्थ्य दिवसको अबसर पारेर गरिएको कार्यक्रममा गाउँपालिका अध्क्षय राम बहादुर कार्की, प्रमूख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन राना, संघसंस्थाका प्रतिनिधि व्यापारी र बुद्धिजिवीको उपस्थिति रहेको थियो । छहरा बजार व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बरालको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका सदस्य मीना रायमाझीको सञ्चालनमा भएको थियो ।