Erani Mahal
तिनाउँको कचलमा एक दिने निशुल्क स्वास्थ्य शिविर
56691300_377431549514730_1630215198667177984_n
रानीमहल पाल्पा, २५ चैत । तिनाउँ गाउँपालिका वडा नं। १ कचलमा निशुल्क स्वाथ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।तिनाउँ गाउँपालिका स्वास्थ्य शाखाको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय पाल्पा र परिवार नियोजन संघ पाल्पाको सहयोगमा संचालन गरिएको हो । एक दिने शिविरमा १ सय ६० जनाले प्रजनन् सेवा तथा पाठेघर परीक्षण गरिएको थियो । शिविरमा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्याको सेतोपानी बग्नेमा १५ जना, पाठेघर खसेको ११ जना, पाठेघरमा मासु पलाएको ५, पाठेघरमा क्यान्सको सम्भावना भएक ३ जना, पिसाव चुहिने समस्या भएका ५ जना, जनालाई अञ्चल अस्पताल बुटवल र अन्य अस्पतालमा रिफर गरिएको स्वास्थ्य इन्चार्ज सुन्दर तरामुले बताउनुभयो । शिविरमा तिनाउँ गाउँपालिकाका स्वास्थ्य इन्चार्ज सुन्दर तरामु, पाल्पा अस्पतालका नर्सिङ्ग इन्चार्ज कल्पना पौडेल, परिवार नियोजन संघकी नर्स सरस्वती पन्थी, कचल स्वास्थ्य केन्द्रका मीनराज शाही, शरण शाही लगायतले स्वास्थ्य परीक्षणमा सहजीकरण गर्नुभएको थियो । स्वास्थ्य शिविरमा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले स्थानीय सरकारले दुर्गम गाउँवस्तीमै पुगेर त्यहाँका जनतालाई स्वास्थ्य सेवा दिनको लागि गाउँ गाउँमा शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले दुर्गमका जनताहरु चेतना र आर्थिक अभावमा उपचार नपाइ अकालमै ज्यान समेत जान सक्ने भएकाले गाउँपालिकाले दुर्गम गाउँमै पुगेर समस्या पहिचानको लागि काम गरेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमन्ती थापा, प्रवक्त राजेश श्रेष्ठ, वडा अध्यक्ष रोमबहादुर लम्तरी, वडा सदस्य, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  ०४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update