कालीगण्डकी नदी किनारमा याेग केन्द्र बनाउन महायज्ञ सुरु
अमृत अधिकारी || २५ चैत्र २०७५,सोमबार ०१:३७
रानीमहल पाल्पा, २५ चैत । कालीगण्डकी नदीको किनारमा योग केन्द्र निर्माण गर्न आइतबारबाट महायज्ञ सुरु भएको छ । प्राकृतिक, साँस्कृतिक एवं वैज्ञानिक महत्व रहेकोले कालिगण्डकी नदीको संरक्षणमा गर्दै यस क्षेत्रमा एक हजार मानिस अट्न सक्ने क्षमताको योगशाला निर्माण गर्न महायज्ञ सुरु भएको हो ।
रम्भा गाउँपालिका १, टोकलक साठीबजारमा सुरु भएकोश्री रमणेश्वर महादेव देवी भागवत गीता ज्ञान विज्ञान महायज्ञको उद्घाटन गर्दै कालीगण्डकी नदीको वैज्ञानिक महत्व रहेको चैतन्यकृष्ण प्रभुले बताउनुभयो । महायज्ञका प्रमुख कथावाचक चैतन्यकृष्णले संस्कार र संस्कृति नभएको मानिसले जीवन र जगतलाई परिभाषित गर्न नसक्दा सांसारिक सुखमा रमाउन नसक्ने बताउनुभयो ।
रमणेश्वर महादेव मन्दिरका संस्थापक डा. बिष्णुदेव पन्तले धर्म, संस्कृति र परम्पराका माध्यमबाट सांसारिक सुख प्राप्ति हुने बताउनुभयो । यस्तै पूर्व सांसद शंकरप्रसाद पाण्डेले कालिगण्डकीको महिला अलौकीक रहेको बताउँदै कुनै पनि नयाँ आवश्यताका कारण कालिगण्डकीलाई स्वरुप परिवर्तन गराउन नहुने बताउनुभयो ।
आईतबारदेखि चैते दशैंको अवसर पारेर सुरु गरिएको महायज्ञ चैत ३० गतेसम्म सञ्चालन हुनेछ । यज्ञ सम्पादन समितिका महासचिव नारायणप्रसाद भट्टराइले धर्म संस्कृतिको संरक्षण गर्दै बृहत योग पीठ निर्माणार्थ महायज्ञ सुरु गरिएको बताउनुभयो ।
एक हजार क्षमताको योग पीठ निर्माण गर्ने याजना छ । रमणेश्वर महादेव धामको प्रचारप्रसार गरी धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यबाट महायज्ञ गरिएको हो ।
यज्ञ सम्पादन गर्नको लागि १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको महासचिव नारायणप्रसाद भट्टराईले बताउनुभयो । उहाँले धार्मिक पर्यटकीय विकास गर्दै योग केन्द्र स्थापना गर्न सात दिनसम्म यज्ञ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
६७ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरको प्रचारप्रसारको अभाव रहेको भन्दै थप प्रचारप्रसार गर्न रमणेश्वर महादेव सेवा समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको जनाएको छ ।