X
0
Shares

पाल्पाको रामपुरमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला सेवा सुरु

अमृत अधिकारी || २५ चैत्र २०७५,सोमबार ०१:१८

सीता डोटेल पाल्पा, २५ चैत । शहर उन्मुख पाल्पाको रामपुरमा पहिलो पटक अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रा.लि.वुटवलले विश्व स्वास्थ्य दिवसको अवसर पारेर रामपुरमा शाखा विस्तार गरी अत्याधुनिक प्रविधि र प्राविधिक सहितको सेवा शुरु गरेको हो ।

२०७४ साल देखि बुटवल ६ तिलोत्तमापथबाट प्रयोगशाला सेवा प्रदान गर्दै आएको ल्याब्रोटोरीले पहिलो शाखाको रुपमा रामपुर न.पा. ५ हुलाकटोलबाट शाखा विस्तार गरेको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सेवा शुभारम्भ गर्दै उच्चस्तरको प्रयोगशाला नहुँदा स्थानियहरुमा समस्या भएकाले अब ल्याव परिक्षणबाट औषधि सेवन गर्न सहज हुने बताउनुभयो ।

ल्याव टेस्टको महत्व नबुझ्दा जथाभावी औषधी प्रयोग बढेको छ थापाले भन्नुभयो–सचेतनासँगै अब नागरिकलाई स्वास्थ्य उपचार गराउन सहज हुनेछ । अत्याधुनिक सुविधा सहितको सेवा नगरमा आउनु गौरव लागेको बताउदै उहाँले अरु स्वास्थ्य संस्था संग मिलेर स्तरिय सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव शान्ता बहादुर श्रेष्ठले स्वास्थ्य क्षेत्र व्यवसायसंगै सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्र भएकोले सेवा भाव सदैव झल्किनुपर्ने बताउनुभयो । उहाँले रामपुरमा ५० शैयाको अस्पताल भवन निर्माणाधिन रहेकोले चार जिल्लाको संगममा भएकाले आगामी दिन यसले अस्पताल सञ्चालनको लागि थप टेवा दिने बताउनुभयो ।

समाजसेवी राजु प्रसाद श्रेष्ठले रामपुरमा स्वस्थ्य क्षेत्रमा सुधार उन्मुख प्रतिस्पर्धा हुन नसक्दा टिकाउ हुन नसकेको बताउँदै अत्याधुनिक प्रयोगशाला सुविधा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेकपा रामपुर अध्यक्ष कमलराज भट्टराई र नेपाली कांग्रेस नगर सभापति नेत्र प्रसाद भट्टराईले स्वस्थ्य प्रतिस्पर्धा र गुणस्तरीय सेवामा चुक्न नहुने बताएका थिए ।

शुभारम्भको अवसरमा बैशाख पहिलो हप्तासम्म निशुल्क सुगर र मृगौला जाँच, ४ सय ५० शुल्कमा थाइराइड जाँच, ५० प्रतिशत छुटमा होलबडी जाँच, महिलाको स्तन, पाठेघरको क्यान्सर मार्कर टेष्ट, मुटु, कलेजोको परिक्षण जस्ता सेवाहरु प्रदान गरिने एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रालि रामपुरका संचालक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । झण्डै ६० लाखको लागतमा सेवा संचालनमा ल्याएको श्रेष्ठले बताउनुभयो ।

प्रविधिलाई र सेवालाई गाउँका जनताको पहँुचमा पु¥याउन शाखा विस्तार गरेको एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रा.लि.का सञ्चालक सदस्य टोमलाल गिरीले बताउनुभयो ।

पाल्पा,स्याङ्गजा तनहुँ र नवलपुर जिल्लाको केन्द्रका रुपमा रामपुरमा शाखा विस्तारले प्रविधियुक्त स्वास्थ्य सेवा नभएको क्षेत्रमा ठुलो राहत मिल्ने हुँदा सेवा भावनाले स्वास्थ्यकर्मीले सेवा दिने एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रा.लि.का सञ्चालक सदस्य विनित रेग्मीले बताउनुभयो ।

जिल्लामा सबैभन्दा ठुलो ५० शैंयाको रामपुर अस्पतालको भवन बन्दै गरेपनि हाल यस क्षेत्रका नागरिक सामान्य औषधी उपचारका लागि पनि बुटवल, पोखरा, चितवन र काठमाडौं जान बाध्य छन् । अस्पतालमा एक्सरे सेवा समेत नियमित नहुँदा यहाँका नागरिकले ५० शैंयाको अस्पतालको सेवा सपना जस्तो ठान्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys