विष्णु माझी र नेत्र कडेलको मार्मिक गीत पिरतीले रुवाउँछ बजारमा (भिडियो)
अमृत अधिकारी || २४ चैत्र २०७५,आईतवार ०३:३४
विकास कापले पाल्पा २४ चैत । महालक्ष्मी म्युजिक प्रालीबाट गायीका विष्णु माझी र गायक नेत्र कडेँलको मार्मिक आवाजमा जीवन भोगाईमा आधारित लोक कोशेली ”पिरतीले रुवाउँछ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द सिर्जना सुनिल केसी गणेश अधिकारी को लय सिर्जना रहेको छ । प्रेमको अभावमा भौतारिएका प्रेमी प्रेमिकाको पिडालाई गीतमा समावेश गरिएको छ । मायामा पिरतीले रुहाउछ भन्ने जानकारी भएकाले पिडा भुल्नको लागी गीतमा प्रेमीकाले प्रेमीलाई आग्रंह गरेकी छन ।
अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”पिरतीले रुवाँउछ ” गीतको भिडियोमा रंजिता गुरुङ र संगीत शर्माको निकै मन छुने अभिनय रहेको छ ।