X

अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईमा दुर्घटना, २ जनाको मृत्यु

अमृत अधिकारी || २४ चैत्र २०७५,आईतवार ०३:२६

रानीमहल २४ चैत, यूएई । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन ।निरोजका आफन्त जोतीलाल परियारले उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको समाचार अनलाइनखबरबाट लिइएकाे हाे ।

जोतीलालका अनुसार, उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए। अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ। सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys