X
0
Shares

मस्याम महिला कल्याण समूहको साधारण सभा सम्पन्न

अमृत अधिकारी || २४ चैत्र २०७५,आईतवार ०२:२८

रानीमहल पाल्पा, २४ चैत । मस्याम महिला कल्याण समूह तिनाउँ गाउँपालिका वडा नं. ६ मस्यामको साधारण सभा सम्पन्न भएको छ । मस्यामको हटियामा भएको संस्थाको २२ औं साधारण सभा समूहको अध्यक्ष सारदा श्रेष्ठको अध्यक्षतामा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले महिला कल्याण समूहले मस्यामको महिलाहरुमा जागरणका लागि काम गरेको बताउँदै अब सिंगो गाउँपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले महिलालाई संगठीत गर्दै व्यवसायीक उत्पादनमा जोड दिन समूहलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा तिनाउँ गाउँपालिका वडा नं. ६ मस्यामका वडाअध्यक्ष तोमबहादुर पुन, वडा नं. २ का वडाअध्यक्ष राजेश श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष दलबहादुर दर्लामी, गाउँकार्यपालिका सदस्य मिनासरा लम्तरी, युवा समन्वय समितिका अध्यक्ष प्रेम श्रेष्ठ, सल्लाहकार टिकाराम भण्डारी लगायतले संस्थाको प्रगतिको शुभकामना मन्त्व्य व्यक्त गर्नुभयो ।

समूहकी उपाध्यक्ष कमला थापाको स्वागत, सचिव तुलसा थापाको संचालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष मिना कार्कीले वार्षिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys