X
0
Shares

‘एक वडा एक कृषि पकेट क्षेत्र’ बनाउन पूर्वखाेला गाउँपालिका अग्रसर

अमृत अधिकारी || २३ चैत्र २०७५,शनिबार १५:२६

डिल्लीराज पंगेनी पाल्पा, २४ चैत्र । पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाका महिला आलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । यहाँका महिला यतिवेला आलु स्याहार्न खेतबारीमै व्यस्त छन् ।

महिला समुहले लगाएको आलु उत्पादनमा बृद्धि भएपछि महिलाहरु आलु खन्न र बेच्न व्यस्त बनेका हुन् । विहान घरायसी काम सक्काएर दिनभरीको समय खेतबारीमै बिताउँछन ।

महिलाको आयआर्जन बढाउने उद्देश्यले खेर गएको जग्गाको सदुपयोग गर्दै शुभ सन्देश महिला समुहमा आवद्ध महिलाले ५४ रोपनी क्षेत्रफल जग्गामा आलु खेती गरेका छन् । यस वर्ष ५० क्वइन्टल आलु लगाइएकोमा करिव २०० क्वइनटल उत्पादन भएको छ समुहकी अध्यक्ष चन्द्रा सरा रखालले बताउनुभयाे ।

मिहिनेत र जागर गरे के हुदैन भने झै खेर गइरहेको जग्गामा राम्रो उत्पादन भएपछि आलु खेती तर्फ किसान आकर्षित भएका छन् । शुभ सन्देश महिला समुहकी अध्यक्ष चन्द्री सरा सारु रखालले ले गाउँपालिकाको केही अनुदान र महिला समूहको थप लगानीमा आलु खेती सुरु गरेको बताउनुभयो ।

महिलाहरु यसरी सामुहिक रुपमा आवद्ध भई काम गर्न थालेको यो पहिलो अनुभव हो सारुले भन्नुभयो धेरै जना दिदी बहिनीहरु मिलेर काम गर्दा सबै कुरामा सहज हुँदो रहेछ ।

आलुबाट भएको आम्दानी केही समुहमा जम्मा गर्ने र केही सामुहिक कृषि खेतीमै लगानी गर्ने उहाँको भनाई छ । कृषिबाट महिलाबाट महिलाको आयआर्जन बढाउने उद्देश्यले यस क्षेत्रका १५५ जना महिला सामुहिक खेती गर्दै आएका छन् । समूहले सिजन अनुसार आलु, बेसार, अदुवा लगायतका खेती गर्दै आएको अध्यक्ष रखालले बताउनुभयो ।

महिलाको यो सफलताले यस क्षेत्रका किसानहरुलाई कृषि क्षेत्रमा थप उत्साहित बनाएको छ । केही वर्ष अघिसम्म परम्परागत रुपमा मकै, गहूँ, कोदो लगाउने किसानहरुले समेत हिजो आज आलुनै लगाउन थालेका छन् । कृषि प्राबिधिक धन बहादुर ओलिले आलु लगायको ठाउँको स्थलगत अध्ययन गरी कृषक हरुलाइ उचित सल्लाह समेत दिनुभएको थियो ।

एक वडा एक कृषि पकेट क्षेत्र बनाउने उद्देश्यले गाउँपालिकाले प्रत्येक वडामा एक कृषि प्राविधिकको व्यवस्था सहित आवश्यक प्राविधिक सहयोग गर्न थालेपछि कृषि क्षेत्रमा किसानहरुको थप आकर्षण बढेको वडा अध्यक्ष निर बहादुर सारूले बताउनुभयो । उत्पादित आलु तानसेन, बुटवल र स्थानीय बजारमानै बिक्री गरिएको समुहकी अध्यक्ष रखालले बाताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys