X

‘मह’काे हब बनाउन रामपुरका किसानलाई माैरीकाे घार वितरण

अमृत अधिकारी || २३ चैत्र २०७५,शनिबार १५:१०

सीता डोटेल पाल्पा, २३ चैत । रामपुर नगरपालिका वडा नम्बर ६ ले वडाका २३ कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । एक घर – एक मौरीघार अभियान कार्यक्रम शुरु गरेको वडाले किसानको मागको आधारमा २३ जना कृषकलाई अनुदानमा मौरीघार वितरण गरिएको हो ।

यसबर्ष वडाले यस कार्यक्रमलाई १ लाख बिनियोजन गरेको थियो । किसानलाई मौरीघार बितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरलाई मह हब बनाउन सकिने बताउदै किसानलाई ढुक्क भएर ज्ञान र सीप सिकेर मौरी व्यवसाय गर्न आग्रह गर्नुभयो ।

उहाँले कृषि खेती र पालनका लागि नगरपालिकाले अनुदानमा विभिन्न कार्यक्रम ल्याएकोले हरेक किसान आस्रित भन्दा नि आफै उत्पादन गरेर आम्दानी लिन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले घरमा आयआर्जनको बाटो यसले पनि खुलाउने बताउदै व्यवसायिक तथा आम्दानी बलियो बनाउन उहाँले अनुरोध गर्नुभयो । वडालाई यो ५ बर्ष भित्र कृषि क्षेत्रबाट विकास गर्ने लक्ष्यका साथ अनुदानमा कृषकलाई मौरीघार वितरण गरिएको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद बन्दना पोखरेलले अनुदानमा वितरण गरिएको मौरीघारलाई सदुपयोग गरी व्यवसायिक मौरीपालनमा लाग्न कृषकलाई आग्रह गर्नुभयो ।

अनुदानमा मौरीघार पाएपछि अन्य घार बढाएर व्यवसायिक रुपमा मौरी पाल्न सकिने भएकाले एक घर एक घार बितरण गरिएको हो । यस अघि रामपुर नगरपालिका ६ नम्बर वडा कार्यालयले कृषकलाई मल वीउ, कृषिजन्य सामग्री, व्यवसाय गर्न अनुदान रकम वितरण जस्ता कार्यक्रम गत बर्षदेखि गरिरहेको छ।

वडा सदस्य थिरलाल ढकालको स्वागतबाट शुरु भएको कार्यक्रम वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको हो भने संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो । पाल्पाकै मौरीघारको श्रोतकेन्द्र न्यौपाने मौरी उद्योग रामपुरबाट वडाले अनुदानमा किनेर बितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys