X

स्वास्थ्य स्वयम् सेविका र कर्मचारीलाई पोषण सम्बन्धी अनुशिक्षण

अमृत अधिकारी || २३ चैत्र २०७५,शनिबार ०१:५३

डिल्लीराज पंगेनी पाल्पा, २३ चैत । पूर्वखोला गाउँपालिका र बेश नेपालको संयुक्त आयोजनामा पूर्वखोला -३ रिङ्नेरहका महिला स्वास्थ्य स्वयम् सेविका तथा कर्मचारीहरुलाइ मातृशिशु तथा वाल्यकालिन पोषण सम्बन्धी २ दिने अनुशिक्षण गरिएकाे छ ।

यस्तै १ हजार दिनका सुत्केरी महिलाहरुलाइ कसरी खाना खुवाउने र खाने कुरा कसरी खान्ने भन्ने कुरा मा २ दिने कार्यक्रम सम्पन भएको छ । पूर्वखोला -३ रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्य तथा अहेव रबि जैशावाल र बेश नेपाल सुआहारा पूर्वखोला सुपरभाइजर सागर हिस्किले प्रक्षिक्षण गर्नु भएको थियो ।

बेश नेपालको कार्यक्रमले गाउँमा पुूर्ण सरसफाइ लगायत महिला तथा सुत्केरी महिलाहरुलाइ विभिन्न किसिमको सहयोग गर्दै आएको छ । याे कार्यक्रमपछि हेक्लाङ तल्लो सालबातल्लो ३५ महिलाहरुले सामुहिक फिल्टर किनेर घरमा शुद्ध खानेपानीका लागि प्रयाेग गरेका छन् ।

हेक्लाङ्का वडा अध्यक्ष मनबहादुर सारु, इम बहादुर फाल सागर हिस्किले फिल्टरकाे उपयाेग बारेमा जानकारी दिनुभएकाे थियाे । पूर्वखोलाको सबै वडामा याे कार्यक्रम गरिने सागर हिस्किले जानकारी दिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys