X
0
Shares

पाल्पामा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु

अमृत अधिकारी || २२ चैत्र २०७५,शुक्रबार १३:१८

रानीमहल पाल्पा, २३ चैत । पाल्पाको बाँसटारीमा शुक्रबारदेखि कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । यस क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचारप्रसार, कृषि बस्तुको प्रदर्शनी तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ११ दिने महोत्सवको आयोजना गरिएको हो ।

तानसेन–७ को वंशगोपाल युवा क्लबको आयोजनामा ‘नयाँ वर्ष नयाँ सोच, युवाका लागि छ, प्रगतिको श्रोत’ भन्ने नाराका साथ बाँसटारीमा महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री तथा प्रतिनिधीसभाका सांसद सोमप्रसाद पाण्डेयले युवामा रहेको नयाँ सोच र सिर्जनशिलताले महोत्सव सफल हुने बताउनुभयो । उहाँले पाल्पा एउटा पर्यटकीय क्षेत्र भएपनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बताउँदै महोत्सवले पाल्पाको पर्यटकीय क्षेत्रको प्रचार र संस्कृति संरक्षणमा महŒवपूर्ण भूमिका खेल्ने विस्वास गर्नुभयो ।

बैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, पर्यटकीय स्थलको फोटो प्रदर्शनी, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका सामग्रीका स्टलहरू छन् । दुई सय बढी स्टलहरू रहेको महोत्सवमा खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती समेत रहेको मूल आयोजक समितिका संयोजक प्रदिप खनालले जानकारी दिनुभयो ।

पाल्पा, स्याङजा, गुल्मी, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाहरूबाट दर्शक आउने तथा एक करोड ४० लाख बढीको कारोवार हुने मूल आयोजक समितिले जनाएको छ । महोत्सवबाट सङ्कलित रकमबाट बाँसटारीको बाघखोर फुटबल मैदानमा खर्चिने तानसेन–७ का वडा अध्यक्ष मुक्तिराम जिसीले बताउनुभयो ।

महोत्सव उद्घाटनअधि बाँसटारी, प्रभास, चुच्चेबारी, मदनपोखरा, लामडाँडा क्षेत्रका विभिन्न क्लब, महिला समूह, विद्यालय, टोलविकास संस्थाबाट झाँकी सहित ¥याली गरिएको थियो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाही, पाल्पाका प्रमूख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, नेपाली कांग्रेसका सचिव अजयमान कर्माचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले यस्ता मेला महाेत्सवले यस क्षेत्रकाे आर्थिक विकासमा सहयाेग पुग्ने बताउनुभयाे ।

यस्तै राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, क्लबका सल्लाहकार भीमबहादुर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्याेग वाणिज्य संघका सदस्य प्रेम श्रेष्ठ, लुम्बिनी मेडिकल कलेज प्रभासका अध्यक्ष गोपालबहादुर पोखरेलले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष प्रदिप खनालको सभापतित्व र सचिव श्रीकृष्ण पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys