X

स्याङ्जामा जीप दुर्घटना हुँदा ११ जना घाइते

अमृत अधिकारी || २२ चैत्र २०७५,शुक्रबार १०:२४

रानीमहल स्याङ्जा, २२ चैत । स्याङ्जाको वालिङ नगरपालिका-९, बिसाउनेमा शुक्रबार जिप दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । स्याङ्जाकाे चापाकोटबाट वालिङ जाँदै गरेको ग १ ज ५५२२ नम्बरको जिप बिसाउनेमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका हुन् ।

जीप दुर्घटनामा परी घाईते मध्ये ६ जना स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात घर फर्किएका छन् । घाइते ५ जनालाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ ।

चापाकोट ९ का सन्तोष थापा, वालिङका गंगमाया विक, चापाकोट ५ का केशरी थापा र भारतको सितमणि घर भई वालिङ ९ बस्दै आएका अनिल शाही र अवदेश शाहलाइ पाेखरा रिफर गरिएकाे छ ।

जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो । दुर्घटना के कारणले कसरी भएकाे हाे भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys