X
0
Shares

‘सामाजिक जिम्मेवारीसहित मेलमिलापकर्ताकाे भूमिका महत्वपूर्ण’

अमृत अधिकारी || २१ चैत्र २०७५,बिहीबार १४:०८

सीता डोटेल पाल्पा, २१ चैत । समाजले पत्याउने गरी सामाजिक जिम्मेवारीमा मेलमिलापकर्ता तयार हुनुपर्ने रामपुर नगरपालिकाका नगरउपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभएको छ ।

सभ्य समाजको परिकल्पना सहित राज्यले देशका सबै स्थानीय तहमा विवाद समाधानका लागि मेलमिलापकर्ता तयार पार्ने कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकामा सुचीकृत मेलमिलापकर्तालाई सपथ खुवाउदै नगर उपप्रमुख घिमिरे आचार्यले भन्नुभयो– गाउँ, वडाको महत्वपूर्ण जिम्मेवारी यहाँमा थपिएको छ,अब विवादलाई स्थानीय स्तरमा समाधान गर्ने गरी आफूलाई परिस्कृत गर्नुहोस् ।

मान्यताप्राप्त संस्थाबाट ८ दिने (४८ घण्टे) आधारभुत तालिम लिएर नगरमा सुचीकृत मेलमिलापकर्तालाई सपथ खुवाउदै घिमिरेले न्यायिक समितिमा आउने चाङ्गका चाङ्ग विवादको बोझ कम हुने विश्वास लिनुभयो । विवादको अन्त्यका लागि अग्रसर हुन आग्रह गर्दै उहाँले न्यायाधिस नभई सहजिकरणको माध्यमबाट विवादका पक्षवीच मेलमिलाप गराउन मेलमिलापकर्तालाई शुभकामना दिनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले राज्यको निति अनुसार तटस्थ, निष्पक्ष रहेर विवादका पक्ष बिच जित–जितको अबस्था सिर्जना गराउन सफल हुुनुपर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका सचेतक तथा वडा नम्बर ७ का अध्यक्ष तिर्थ प्रसाद पंगेनीले नगरपालिका क्षेत्रलाई विवाद रहित बनाउन सकारात्मक सोचको तालिमको चलाउनुपर्छ भन्नुभयो ।

त्यस्तै सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष एक बहादुर नेपालीले सामाजिक अबस्था खलबलिन नदिई सफल र सक्षम बनाउन मेलमिलापको भुमिका महत्वपुर्ण हुने औल्याउनुभयो ।

सुशासन समिति संयोजक तथा वडा नम्बर १ का अध्यक्ष मित्रलाल कडेंलले आउन सक्ने बाधा अड्चनलाई नियमसंगत गर्दै सबैको जित र हितमा मेलमिलापलाई अगिंकार गर्नुपर्ने बताउनुभयो ।

सोही सपथ लिनुभएका मेलमिलापकर्ताहरुबाट विष्णु भण्डारी, अर्जुन रेग्मी र डिलमाँया उपाध्यायले बोल्दै आधारभुत तालिमबाट पाएको ज्ञानलाई जनप्रतिनिधिको सहकार्यमा लागु गर्दै विवादको अन्त्य गरि सद्भाव कायम गर्न गराउन सदैव लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

२ दिनसम्म चलेको अभिभुखीकरणमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, ५ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्रोतव्यक्ति मिन बहादुर घर्ती मगर, नगरपालिकाका लेखा अधिकृत रेनुराम ज्ञवालीले मेलमिलापको विकास, सिद्धान्त, प्रकार, विवाद र विवाद समाधानका उपाँय, मेलमिलापकर्तामा हुनुपर्ने धैर्यता लगनशीलता, बोली र व्यवहार एंव मेलमिलापकर्ताले गर्नुपर्ने र गर्नै नहुने काम बारे प्रशिक्षण दिनुभएको थियो । सोही अबसरमा रामपुर नगरपालिकामा हालसम्म सुचीकृत भएका ३३ जना मेलमिलापकर्ताको फोटो सम्पर्क नम्बर सहितको सुची बोर्डको शुभारम्भ गरिएको छ ।

रामपुर नगरपालिका न्यायिक समिति सदस्य बिष्णु प्रसाद बस्यालको स्वागत र योजना सहजकर्ता कपिल खाँणको सञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा मान्यता प्राप्त संस्थाबाट तालिम प्राप्त भई रामपुर नगरपालिकामा सुचीकृत भएका मेलमिलापकर्ता तथा वडाध्यक्ष सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys