पाल्पामा यामाहाकाे चार दिने मेगा एक्सेन्ज क्याम्प हुने
अमृत अधिकारी || २१ चैत्र २०७५,बिहीबार १३:४४
रानीमहल पाल्पा, २१ चैत/ पाल्पा जिल्लामा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्सले जिल्लामै पहिलो पटक मेगा एक्सेञ्ज क्याम्प सञ्चालनमा ल्याएको छ ।
आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याँउदै आएको कम्पनीले मेगा एक्सेञ्ज सञ्चालनमा ल्याएको हो । कुनै पनि ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कुटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्न सक्ने छन्, जसमा ३० हजार न्युनतम मुल्यांकन हुने छ । वक्सले यही चैत २५ गते देखि २८ गते सम्म तानसेनको बडिगान टोलमा रहेको होटल बज्रमा मेगा एक्सेञ्ज सञ्चालन गर्न गइरहेको जनाएको छ ।
ग्राहकले प्रत्येक मोटरसाईकल तथा स्कुटर खरिदमा हेल्मेट, व्याग, गल्भस,बाइक कभर, लेगार्रड वा फुटमेट प्राप्त गर्न सक्नेछन् । वक्सले भिजिट गर्न आउनेहरुलाई डोर प्राइजको व्यवस्था गरेको छ ।
वक्सले सुनौलो २०७६ नामक योजना समेत ल्याएको छ । सोही अवसरमा योजनमा ग्राहकले प्रत्येक नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्दा एउटा स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने छन् । साथै, हरेक खरिदमा ग्राहकले नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लक्की ड्र गरिनेछ । लक्की ड्रका विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्ने छन् ।
एक्सेञ्जको अवसरमा म्युजिकल सांस्कृतिक कार्यक्रम रहने छ । वक्सले ग्राहकको सेवालाई मध्यनजर गर्दै न्युनतम व्याजदरमा फाईनान्सको समेत व्यवस्था गरेको छ ।