X
0
Shares

बुटवलकाे चाैराहादेखि चिडियाखाेलासम्मकाे सडक बिस्तार गर्ने तयारी

अमृत अधिकारी || २१ चैत्र २०७५,बिहीबार ०७:३९

रानीमहल बुटवल, २१ चैत । बुटवल बजार भित्रको मुख्य सडक बिस्तार गर्ने तयारी भएकाे छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकको विस्तार गरिने भएकाे हाे । यस क्षेत्रकाे सडक अबदेखि ८२ फिटकाे हुनेछ । ८२ फिटभित्र पर्ने ३ सय ११ घर भत्काइने बुटवल उपमहानगरपालिकाले जनाएकाे छ ।

बेलहिया-बुटवल व्यापारिक मार्ग सडक योजनाले दुई वर्षअघि प्रक्रिया सुरु गरेतापनि सडकमा किनारामा पर्ने घर तथा जग्गाधनीको अबरोधका कारण काम अघि बढन सकेको थिएन ।

सडक किनाराका केही घर तथा जग्गाधनीले मुआब्जाविना सडक विस्तारको काम अघि नबढाउन माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट हालेका थिए । त्यसपछि राेकिएकाे सडक बिस्तारकाे काम पुन सुरू हुने भएकाे हाे ।

२०७४ वैशाख १२ गते अदालतले निवेदकको माग बमोजिम प्रक्रिया पूरा नगरी सडक विस्तारको काम अघि नबढाउन आदेशसहित फैसला गरेको थियो । सोही फैसलालाई सर्वाेच्चले अदालतले समेत सदर गरेपछि आयोजनाको कार्यालयले अदालतको आदेश बमोजिम मुआब्जा जिकिर गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

मुआब्जा दिएर सडक बिस्तारकाे काम अब सुरू हुन्छ, सडक छेउकाे घर नहटाए हामी आफैँ हटाउँछाैँ याेजना प्रमूख इञ्जिनियर जीवेन्द्र मिश्रले भन्नुभयाे ।
मुआब्जा प्राप्त गर्न आधिकारिक प्रमाणसहित आएका निवेदनलाइ छानबिन गरेर वितरण गरिने उहाँले जानकारी दिनुभयाे ।

आयोजनाले सूचना प्रकाशित गर्दै सडकको केन्द्र भागदेखि २५/२५ मिटर दायाँबायाँ भागमा पर्ने कुनै व्यक्ति वा सँघसँस्थाको स्वामित्वमा घर जग्गा भएमा १५ दिनभित्र मुआब्जाका लागि दावी गर्न भनिएकाे छ ।

सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सिफारिस, नागरिकताको प्रतिलिपि, जग्गाधनी दर्ता पूर्जाको प्रतिलिपि, सम्बन्धित नगरपालिका वा गाउँपालिकाबाट घर नक्सा पासको विवरण र जग्गाको कित्ताकाट नापी नक्साको प्रमाणित प्रतिनिधिलगायत प्रमाणसहित मुआब्जाका लागि आयोजनाको कार्यालयमा निवेदन दिन भनेको छ । साे अनुसार अहिले निवेदन संकलन गर्ने काम भइरहेकाे छ ।

सडकको स्वामित्वमा रहेको क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण भएका घरटहरा भए सार्वजनिक सडक ऐन २०३१ को दफा ३ क को उपदफा २ बमोजिम १५ दिनभित्र हटाउन सूचना समेत जारी गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys