X
0
Shares

क्याम्पसकाे स्तरबृद्धि गर्न रिब्दीकाेटमा शैक्षिक तथा धार्मिक महाेत्सव गर्ने तयारी

अमृत अधिकारी || २१ चैत्र २०७५,बिहीबार ०२:५२

रानीमहल पाल्पा, २१ चैत । रिब्दीकाेटकाे खस्याैलीमा रहेकाे सरस्वती बहुमुखी क्याम्पसकाे सुधार तथा स्तरवृद्धि गर्न ज्ञान महायज्ञ हुने भएकाे छ । २०६४ सालमा स्थापना भएकाे क्याम्पसकाे सुधार र स्तरवृद्धि गरी शैक्षिक क्षेत्रकाे विकास गर्न चैत २३ गतेदेखि चैत ३० गतेसम्म एक साता महायज्ञ गरिने मूल आयाेजक समितिका संयाेजक तथा रिब्दीकाेट ३ नं. वडाका अध्यक्ष विष्णुप्रसाद खनालले जानकारी दिनुभयाे ।

महायज्ञ तथा महाेत्सवका बारेमा जानकारी दिन आयाेजित कार्यक्रममा खनालले क्याम्पसकाे स्तरवृद्धि गरेर यस क्षेत्रका विद्यार्थीले गाउँमै पढ्ने वातावरण सिर्जना गरिने बताउनुभयाे ।

रिब्दीकाेट शैक्षिक तथा धार्मिक महाेत्सव नाम दिएर गाउँपालिकाभित्र र अन्य क्षेत्रमा रहेका यहाँका बासिन्दालाइ महायज्ञकाे दान कार्यमा सहभागी गराउने आयाेजकले जनाएकाे छ ।

पछिल्लाे समयमा क्याम्पस धरासायी बन्दै गएकाले यसकाे विकासमा टेवा पुर्याउन पनि महायज्ञ संचालन गरिएकाे आयाेजक समितिका मदन नेपालले जानकारी दिनुभयाे । महायज्ञमा सजेल जी महाराज र इश्वर करूण महाराजले संगीतमय प्रवचन तथा कथावाचन गर्नुहुनेछ ।

महायज्ञमा ४० लाख देखि ६० लाख रूपियाँसम्म दान संकलन हुने प्रारम्भिक अनुमान गरिएकाे क्याम्पसका अध्यक्ष गाेविन्दबहादुर आचार्यले बताउनुभयाे । पत्रकार सम्मेलनमा रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरलगायतकाे सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys